गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मूल्य समायोजन गर्दै प्रतिकित्ता निफ्राको ३३१.४८ रुपैयाँ र मेरोमाइक्रोफाइनान्सको १ हजार २०० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता निफ्राको ३५८ रुपैयाँ र मेरोमाइक्रोफाइनान्सको १ हजार ४४० रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवैको सेयर कारोबारमा आउने छन्।
दुवैले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज मंसिर ९ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
निफ्राले गत आर्थिक वर्षका लागि कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश निफ्राको यही मंसिर २९ गते हुने तेस्रो वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी मेरोमाइक्रोफाइनान्सले कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
मेरोमाइक्रोफाइनान्स प्रस्तावित लाभांश यही मंसिर २४ गते हुने नवौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरुले पाउनेछन्
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया