Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर १० गते शुक्रबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बैंक अफ काठमाण्डू, स्ट्यान्डर्ड चार्टर्ड बैंककाे सेयरमूल्य समायोजन गरेको हो। समायोजनपछि प्रतिकित्ता बैंक अफ काठमाण्डूको ३१० रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्डको ४८६.४५ रुपैयाँ  कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता क्रमशः ३४१ रुपैयाँ र ५३५.१०  रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यी बैंककाे सेयर कारोबारमा आउनेछन्।

 तीनै कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज मंसिर १० गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो मंसिर ९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी बैङ्कका लाभांश उठाउन र सभामा भाग लिन योग्य हुनेछन्। 

बैंक अफ काठमाण्डूले गत आर्थिक वर्ष २०७७/७८ का लागि कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

प्रस्तावित लाभांश बैंकको यही मंसिर २९ गते हुने २७ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

यसैगरी स्ट्यान्डर्ड चार्टर्डले गत आर्थिक वर्ष २०७७/७८ का लागि १३.०६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्। 

बैंकको यो लाभांश यही मंसिर २८ गते हुने ३५ औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>