Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १० गते शुक्रबार

अपाङ्ग कृषक समूहद्धारा संचालित लोकल कुखुरा पालन फार्मको मंन्त्रि द्वयले गरे अवलोकन


कञ्चनपुर : अपाङ्ग कृषक समूहद्धारा कञ्चनपुर भीमदत्त नगरपालिका वडा नं. १८ मा संचालित लोकल कुखुरा पालन फार्मको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री बिनिता देवी चौधरी र राज्य मन्त्री मान बहादुर सुनारले अवलोकन गरेका छन । बिहिवार कञ्चनपुर पुगेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशका मन्त्री चौधरी र राज्य मन्त्री सुनारले उक्त फार्मको अवलोकन गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग दिने बताए । अनुदानमा आधारित आत्मनिर्भरका कार्यक्रम मार्फत ब्यावसायीक कृषीमा लगानी गरेमा सफल हुन सकिने फलदायीका रुपमा अपाङ्ग कृषक समूह नमुनाको रुपमा रहेको मन्त्री चौधरीले बताउनु भयो । उक्त अवलोकन कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.मदन सिहं धामी, पशु सेवा बिभागका पुर्व सहसचिव डा. डिगर देव भट्ट, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख डा. पान सिं ठगुन्ना, कृषि ज्ञान केन्द्र कञ्चनपुरका कार्यालय प्रमुख, भेटेरिनरी अस्पताल कञ्चनपुरका सुचना अधिकारी शंकर दत्त जोशी लगायतको उपस्थिती रहेको थियो ।

प्रदेश सरकारको १० लाख अनुदानबाट सञ्चालन गरेको फार्ममा १२ सय ५० लोकल कुखुरा, कडकनाथ, टर्की पालन गरिएको छ । भीमदत्त नगरपालिकाले बिनियोजन गरेको ३ लाख अनुदानबाट वायोफलक प्रणालीबाट माछा पालनको समेत तयारी गरेको छ । अपाङ्गता भएकाहरुलार्ई व्यापसायीक कृषी पेशाबाट आत्म निर्भर बनाउन पहल गर्ने उद्देश्यले १८ जनाको समुह गठन गरेर फार्म सञ्चालनमा ल्याएको समुहका अध्यक्ष मनोज चन्दले बताए । अपाङ्गता भएकाहरुलाई ब्यावसायीक कृषी पेशामा आबद्ध हुन समुहका सल्लाहकार दिर्घ कुमार स्वारले पटक पटक छलफल गरी समुह गठन गर्न प्रेरणा दिएको अध्यक्ष चन्दले बताए । अछाम जिल्लाको पशु सेवा केन्द्र साफेमा कार्यरत स्वार २०६५ साल फागुन ११ गते दुर्घटना परी ईस्पाइनल कर्ड इन्जुरीको समस्याले अपाङ्गता भएका थिए । उनले आफु अपाङ्गता भए पछि चार बर्ष सम्म डिप्रेसनमा गएको भए पनि अब जिवनमा केही गर्न पर्छ, आफु जस्तै अपाङ्गता भएकाहरुलाई खेलको माध्यमबाट बाहिर ल्याउन सुदूरपश्चिम प्रदेश स्तरिय पारा ओलम्पिक गठन गरेको बताउछन । ०७६ सालमा अपाङ्ग कृषक समूह गठन गरि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेशमा प्रस्तावना पेश गरेको भए पनि कोभिडको समस्याले कार्यक्रम सञ्चालन हुन सकेन । ०७७ सालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख बजट बिनियोजन भए पछि फार्म सञ्चालन भएको छ । हाल समुहले फार्ममा २ जनालाई रोजगारी दिएको छ । सुदूरपश्चिम प्रदेशका अन्य स्थानिय निकायमा समेत अपाङ्गता भएकाहरुको समुह गठन गरी ब्यावसायीक कृषी फार्म सञ्चालन गर्ने उद्देश्य रहेको समुहका सल्लाहकार स्वारले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>