Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १० गते शुक्रबार

दार्चुलामा आयोजित सर्वाधिक धनराशीको खुल्ला भलिबल प्रतियोगिताको उपाधी आयोजकलाई

दार्चुला - दार्चुला सदरमुकाम खलंगास्थित खुलामञ्चमा सञ्चालित खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी आयोजक टिम छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले हात पारेको छ । दुँहु गाउँपालिकालाई ३-० सेटमा हराउदै आयोजक विजेता भएको हो । दुहुँ गाउँपालिकाको टिमले उपबिजेतामा चित्त बुझाएको छ । विजेता आयोजक टिमलाई नगद रु १ लाख ११ हजार १ सय ११ नगद सिल्ड र प्रमाण प्रदान गरिएको छ भने उपबिजेता दुहुँ गाउँपालिकाको टिमलाई ५५ हजार ५ सय ५५ नगदसहित मेडल सिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

व्यास गाउँपालिकाको सान, युवा खेलाडीको सम्मान, सदभाव, शान्ती र सम्वृद्धि हाम्रो पहिचान भने मुल नाराका साथ यहि मंसिर ४ गतेबाट सुरु भएको भलिबल प्रतियोगिता आज सम्पन्न भएको हो । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिएको आयोजनकले जनाएको छ ।          उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले खेल संचालन गरेको थियो । उक्त खेलकुदको उद्घाटन प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले गर्नुभएको थियो । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>