Samriddhipost
२०८२ फागुन ०२ गते शनिबार
ट्रेन्डिङ
२०७८ मङि्सर १० गते शुक्रबार

कैलाली -  नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदका लागि कैलालीको लम्की चुहा नगरपालिकाका नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । यही मङ्सिर १६ गतेदेखि हुने प्रदेश अधिवेशनमा प्रदेशको पार्टी सभापतिको पदमा लड्ने भन्दै उनले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।                            

पार्टीको १२ औ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवारीमा पराजित उनले अहिले पार्टीलाई थप बलियो, सुदृढीकरण गर्ने लक्ष्यसहित उम्मेदवारी दिने मनसाय बनाएको बताए ।  'मैलै पार्टीका शीर्ष नेता, सभापतिका आकाङ्क्षी, महाधिवेशन प्रतिनिधिमा निर्वाचित नेता लगायत सबैको सल्लाह, सुझाव अनुसार नै प्रदेश सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको हुँ,' उनले भने, 'प्रदेशमा धेरै व्यक्ति सभापति पदमा उठे म पनि चुनाव लड्छु । सर्वसम्मत ढंगले कार्यसमिति बनाउने प्रयास भएमा त्यो समयमा हेरुँला ।' 

प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष पात्रका रूपमा रहेका उनी अहिले प्रदेश सभापति सर्वसम्मत रूपमा आफूलाई बनाउन आग्रह गरे । उनको घोषणा कार्यक्रममा पूर्वमन्त्री मोहनसिंह राठोर, नेता भक्तबहादुर थापा, रंग सुनार, विष्णु ढकाल लगायतको सहभागिता रहेको थियो ।  प्रधानमन्त्री देउवाको बर्चश्व रहेको सुदूरपश्चिम प्रदेशमा देउवाकै निकट रहेका नेताहरू सभापति पदमा प्रतिस्पर्धामा रहेका छन् । प्रदेशमा सभापतिका लागि कैलाली सभापति नरनारायण शाह मनु र बझाङबाट अर्जुनजंग सिंह आकाङ्क्षी रहेका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>