Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १० गते शुक्रबार

कांग्रेश दार्चुलाको मतगणनामा ढिलाई, मतगणनास्थल महेन्द्र नमुना माबिमा सारीयो

दार्चुला - नेपाली कांग्रेश दार्चुलाको जिल्ला अधिवेसन अन्तरगत क्षेत्र १ (क) को मतगणना दिउँसो नै सम्पन्न भइसकेको भएपनि क्षेत्र (ख) को मतगणना बेलुकी ८ बजेसम्म सुरु भएको छैन् । दिउँसोपछि मतगणनास्थल दार्चुला विकास संगठनको हलबाट महेन्द्र नमुना माबि खलंगामा सारीएको छ । बेलुकी ८ बजेपछि जिल्ला सदरमुकामस्थित महेन्द्र नमुना माबिबाट क्षेत्र (ख) को मतगणना गर्ने तयारी रहेको नेताहरुले बताएका छन् ।

क्षेत्र नम्बर १ (क) को ५३७ मत गणना हुदा सभापतिमा ललितसिह बोहराको ३७९ मत प्राप्त भएको छ भने सभापतिका अर्का उम्मेदवार अमरसिह धामीको १४५ मत मात्रै प्राप्त भएको छ । उपसभापतिमा महादेब बडू कश्यपको सबैभन्दा बढी ३७२ मत छ । ललितसिह ठगुन्ना २९५, उमेशसिंह खत्री ११७, शन्तोषकुमार सिह ऐतवाल ८४ र मानबहादुर बमको ६४ मत छ । सचिवमा पुलेन्द्रबहादुर कार्कीको सबैभन्दा बढी ४१६, माधवराज भट्टको २२०, महेन्द्रप्रसाद बडूको १७३, बिरसिह डडाल १००, महेशसिंह धामी ६२ र देबसिह धामीको ४१ मत प्राप्त भएको छ । सहसचिवमा राजु अवस्थी २७३, राजेन्द्रप्रसाद जोशी २८५, सन्तोष दयाली १६२ र जयानन्द जोशीको ९५ मत प्राप्त भएको छ ।

अहिलेसम्म दार्चुला सदरमुकाम खलंगासमेत रहेको क्षेत्र (क) को मतगणना भएकोले क्षेत्र (क) गृहक्षेत्रभएका उम्मेदवार नेताहरुको अग्रता देखिएको छ । क्षेत्र (ख) को मतगणनाको तयारी भइरहेको छ । सभापतिमा बोहरा क्षेत्र (क) घर भएका हुन भने अमरसिह धामी क्षेत्र (ख) का हुन् । मतगणना सुरु हुनैलाग्दा दुबै पक्षबिच झडप भएपछि मतगणना निर्धारित समयभन्दा ढिलो गरी सुरु भएको थियो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ ।

पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् । नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी छ । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी छ । बोहरा पौडेल पक्षका उम्मेदवार रहेको र मन्त्री बडू समेत पौडेल पक्षमै रहनुभएको छ । अमरसिह धामीलाई भने देउवा पक्षको उम्मेदवारका रुपमा हेरिएको छ । गोकुलेश्वरसहितको (ख) क्षेत्र अमरसिह धामीको गृह क्षेत्र भएकोले मतान्तर घटबढ हुने अनुमान गरिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>