Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
२०७८ मङि्सर ११ गते शनिबार

लिखु–४ बाट विद्युत् उत्पादन सुरु

रामेछाप र ओखलढुंगाको सीमा लिखु नदीमा निर्मित लिखु–४ जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन थालेको छ ।

५२.४ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले उत्पादन गरेको विद्युत् हालै मात्र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा पठाइएको हो । ओखलढुंगाको रगनीस्थित विद्युत् उत्पादन गृहमा आयोजित एक कार्यक्रमबीच बिहीबार सांसद एवं पूर्वगृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ र सांसद यज्ञबहादुर सुनुवारले व्यावसायिक उत्पादनको सुरुवात गरे ।

आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ । बर्खायाममा भने पूर्ण क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाले सन् २०१८ अक्टोबरबाट काम थालेको थियो । तीन वर्षमा पूरा भएको आयोजनाले प्राधिकरणलाई विद्युत् बिक्री गर्न थालेको छ । रामेछापको उमाकुण्ड–७ भुजी र ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाको बीच भएर बग्ने लिखु नदीको पानीलाई बिमिरेमा बाँध बनाई ४ दशमलव २४ किलोमिटर लामो भूमिगत सुरुङमार्फत खिजीदेम्बाको रगनी फेदीमा निर्माण भएको उत्पादन गृहमा खसालेर २ वटा टर्बाइनबाट विद्युत् उत्पादन गरिएको आयोजनाका सम्पर्क अधिकृत कृष्णदास श्रेष्ठले जानकारी दिए ।

उत्पादित विद्युत्लाई २ सय २० केभी प्रसारण लाइनमार्फत रामेछापको मन्थली नगरपालिकामा निर्मित न्यु खिम्ती सबस्टेसनमा जोडिएको छ । बर्खामा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने आयोजनाले हिउँदमा पनि कम्तीमा ३० मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोड्ने श्रेष्ठले बताए । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>