Samriddhipost
२०८१ मङि्सर ०६ गते बिहिबार
ट्रेन्डिङ
२०७८ मङि्सर ११ गते शनिबार

नेपाली काग्रेस कंचनपुरकाे अधिबेशनमा निर्वाचन सुरु

महेन्द्रनगर - नेपाली कांग्रेस कञ्चनपुरको सभापतिलगायत जिल्ला कार्यसमितिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ८ :३० बजेबाट मतदान सुरु भएको हो । पदाधिकारीसहित ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदानमा छन् । 

बिहान ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदान हुने भनिएपनि मतपत्रलगायतका केही प्राबिधिक काम मिलाउँदा आधा घण्टा ढिलो भएको निर्वाचन समितिका अधिकृत नबिन धामीले बताए । कांग्रेस पार्टी कार्यालयको छेउमै रहेको राष्ट्रिय वाल विद्यालयमा मतदान केन्द्र तोकिएको छ । 

वडाबाट चुनिएका झण्डै १ हजार ६ सय भन्दा बढी प्रतिनिधि मतदाता रहेको कञ्चनपुर कांग्रेसमा एनपी साउँद र रमेश लेखक समूह प्यानलसहित चुनावमा होमिएको छ । प्यानलबाहेक सचिव र सहसचिव पदमा भने दुई जना प्रतिनिधिले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

एनपी साउद निकट समूहबाट अध्यक्षमा बहादुरसिंह थापा, उपसभापतिमा मिनबहादुर सिंह र हरिशचन्द्र रानाको उम्मेदवारी छ । सचिवमा भीमराज भट्ट र हेमराज ओझा समेटिएका छन् । सहसचिवमा नाफूसिंह साउद र हरिप्रशाद अधिकारी उम्मेदवार बनेका छन् ।

रमेश लेखक समूहबाट अध्यक्षमा पदम बोगटी, उपसभापतिमा दिवाकर पाण्डेय, शंकरबहादुर चन्द, सचिवमा जनकसिंह धामी, सिद्धराज भट्ट र सहसचिवमा कबिराज भट्ट तथा पुष्कल चौधरी चुनावी मैदानमा छन् ।

त्यसबाहेक सचिवमा तर्कराज भट्ट र सहसचिवमा कलकबहादुर सिंहले पनि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । मतदान सकिए लगत्तै गणना कार्य हुने निर्वाचन समितिका अधिकृत नबिन धामीले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>