Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १२ गते आइतबार

थापा लाई उछिन्दै बाेगटिकाे अग्रता

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिका लागि बहादुरसिंह थापा र पदम बोगटीबीच कडा पतिस्पर्धा भइरहेको छ । ७ सय मत गन्दा रमेश लेखक समूहका बोगटीले ३ सय ५९ मत लिएका छन् । उनका प्रतिस्पर्धी एनपी साउद समूहका थापाले ३ सय २२ लिए । सुरुवाती अग्रता थापाले गरेपनि अहिले बोगटी ३७ मतले लिड गरिरहेका छन् ।

उपसभापति हरिचन्द्र राना (३५३), मीन बहादुर सिह (३४५), सचिवमा सिद्धराज भट्ट (३२१), हेमराज ओझा (३१९), सहसचिवमा नाफुसिंह साउद (३१५) र पुष्कल चौधरीले ३१२ मत लिएका छन् ।

शनिबार कांग्रेस जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचनमा कुल १ हजार ६ सय १८ मतदातामध्ये १ हजार ५ सय ७१ ले मत खसालेका थिए ।

क्षेत्र नम्बर १ मा ५ सय १३, क्षेत्र नं. २ मा ४ सय ९७ र क्षेत्र नं. ३ मा ५ सय ६१ मत खसेको थियो । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका छन् ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>