महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको सभापतिका लागि बहादुरसिंह थापा र पदम बोगटीबीच कडा पतिस्पर्धा भइरहेको छ । ७ सय मत गन्दा रमेश लेखक समूहका बोगटीले ३ सय ५९ मत लिएका छन् । उनका प्रतिस्पर्धी एनपी साउद समूहका थापाले ३ सय २२ लिए । सुरुवाती अग्रता थापाले गरेपनि अहिले बोगटी ३७ मतले लिड गरिरहेका छन् ।
उपसभापति हरिचन्द्र राना (३५३), मीन बहादुर सिह (३४५), सचिवमा सिद्धराज भट्ट (३२१), हेमराज ओझा (३१९), सहसचिवमा नाफुसिंह साउद (३१५) र पुष्कल चौधरीले ३१२ मत लिएका छन् ।
शनिबार कांग्रेस जिल्ला कार्य समिति चयनका लागि भएको निर्वाचनमा कुल १ हजार ६ सय १८ मतदातामध्ये १ हजार ५ सय ७१ ले मत खसालेका थिए ।
क्षेत्र नम्बर १ मा ५ सय १३, क्षेत्र नं. २ मा ४ सय ९७ र क्षेत्र नं. ३ मा ५ सय ६१ मत खसेको थियो । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका छन् ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया