महेन्द्रनगर - कंचनपुर जिल्ला सभापतिमा लेखक प्यानलका उमेदवार पदम बोगटी १ हजर २ सय मत गणना सकिदा ८२ मतले अगाडि छन । बोगटीले ६ सय २४ मत प्राप्त गरेका भने उनका प्रतिस्पर्धि बहादुर सिंह थापाले ५ सय ४२ मत मात्र प्राप्त गरेका छन । सुरुवाती २ सय मत गणनामा थापाले ‘लीड’ गरेपनि त्यसपछिभने बोगटीले अग्रता लिएका छन ।
उपसभापतिमा शंकरबहादुर चन्दले ५ सय ८०, मीनबहादुर सिंहले ५ सय ९६, हरिचन्द्र रानाले ५ सय ७५ र दिवाकर पाण्डेयले ४ सय ४२ मत प्राप्त गरे । सचिबमा सिद्धराज भट्टले ५ सय ५१, हेमराज ओझाले ५ सय ४७, भिमराज भट्टले ५ सय ५०, जनक धामीले ५ सय २५ र तर्कराज भट्टले १ सय ३ मत पाएका छन् ।
सहसचिवमा नाफुसिंह साउदले ५ सय ६३ पुष्कल चौधरीले ५ सय २३, कबिराज भट्टले ५ सय ५, हरिप्रसाद अधिकारीले ४ सय ७३ र कलकबहादुर सिंहले २ सय २२ मत प्राप्त गरेका छन् । कांग्रेस कञ्चनपुरमा ५२ पदका लागि ९५ जना उम्मेदवार चुनावी मैदामा उत्रिएका थिए । कूल १ हजार ६ सय १८ मा १ हजार ५ सय ७१ मत खसेको थियो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया