Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर १३ गते सोमबार

मालिकार्जुन नमुना माबि धापमा १२ कोठे विद्यालय भवन हस्तान्तरण

र्दाचुला - दार्चुलाको महाकाली नगरपालिका–७ धापमा रहेको मालिकार्जुन नमुना माबि धापमा आइतबार १२ कोठे विद्यालय भवनको समुद्घाटन एबं हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको १२ कोठे भवनलाई निर्माण व्यवसायीको तर्फबाट सर्पराज बडूले महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरसिह बडाललाई भवन हस्तान्तरण गर्नुभएको हो ।

भारतीय राजदुतावास काठमाण्डौँका नियोग उपप्रमुख नामग्य सी. खम्पाले माबि धापमा निर्माण भएको भवन एक औपचारीक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो । भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रमका लागि उपप्रमुख खम्पा शनिबार नै दार्चुला आउनुभएको थियो । तीन करोड १४ लाख बजेट रहेकोमा टेण्डर प्रकृयामार्फत निर्माण कम्पनीसंग घटाघटीमा दुई करोड ५३ लाखमा भवन निर्माणका लागि सम्झौता भएको विद्यालयका प्रधानाद्यापक सुन्द्रसिंह बुढाथोकीले जानकारी दिनुभयो । राजदुतावासका उपप्रमुख खम्पाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिरबहादुर कार्की, महाकाली नगरपालिकाका नगरप्रमुख हंशराज भट्ट, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी लगायत जनप्रतिनिधि, शिक्षक, अभिभावक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

मालिकार्जुन नमुना माबि धापमा कक्षा १२ सम्मको पढाइ हुदै आएको छ । प्राविधिक धारतर्फ कक्षा ९ देखि नै सिभिल इन्जिनियरिङ विषयको समेत पढाइ हुने गरेको प्रधानाद्यापक बुढाथोकीले बताउनुभयो । माबि धाप सदरमुकाम नजिकै रहेको र पढाइ समेत राम्रो हुने गरेकोले विद्यार्थीको आकर्षण बढी रहेको छ । भारतीय राजदूतावासका उपप्रमुख खम्पा भवन हस्तान्तरण गरेर दार्चुला सदरमुकाम खलंगा फर्किनुभएको छ ।

खलंगास्थित महेन्द्र नमुना माबिमा समेत राजदुताबासको टोलीलाई स्वागत गरिएको छ । सोमबार राजदुताबासको तर्फबाट दुहुँ गाउँपालिकाका बाढीपहिरो पीडितहरूलाई राहत वितरण गरेर काठमाण्डौँ फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>