Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १३ गते सोमबार

महेन्द्रनगर - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पक्षधर र इतर समूहका धेरैजसो नेताहरुलाई मागेको पद दिए । ईश्वर पोखरेलले मागेको वरिष्ठ उपाध्यक्ष पाए । उपाध्यक्षको आकांक्षी अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि सोही पद पाए ।

शंकर पोखरेल महासचिवका आकांक्षी थिए । उनले सोही पद पाए । उपमहासचिवका आकांक्षी प्रदीप ज्ञवालीले पनि मन खिन्न बनाउनुपरेन ।
इतर समूहका गोकर्ण बिष्ट र योगेश भट्टराईले पनि सचिव पद पाए । तर, भीम रावल, घनश्याम भुसाल र भीम आचार्य चुनावी मैदानमा उत्रिएका छन् ।
रावल अध्यक्षमा ओलीलाई चुनौती दिन अघि सरेका हुन् । उनलाई उपाध्यक्षमा सहमत बनाउने प्रयास भयो तर ओली विफल भए । रावललाई वरिष्ठ उपाध्यक्षमा मनाउनेबारे पनि कुरा भएको थियो । तर, ओलीले ईश्वर पोखरेल, विष्णु पौडेल र सुवास नेम्वाङलाई चिढ्याउन चाहेनन् ।रावल ओलीले नरुचाएका मध्ये पर्छन् । उनले इतर समूहमा रहेर ओलीलाई बारम्बार चुनौती दिदै आएका छन् ।भुसाल ओलीका कटु आलोचक हुन् । उनी उपाध्यक्षको सूचीमा परेनन् । भुसाल चुनावी मैदानमा उत्रिएका छन् ।

भीम आचार्य पनि पदाधिकारीको सूचीमा परेनन् । उनी एमालेका पूर्व सचिव हुन् । यसपटक पनि सचिवमा मनोनयन दर्ता गराएका छन् । प्रदेश १ का मुख्यमन्त्री रहिसकेका आचार्य एमाले फुट्दा विभाजनको पक्षमा गएनन् ।ओलीले रावल, भुसाल र आचार्यलाई यसपटक तारोमा पारेका छन् । यसकारण उनीहरुले आकांक्षा गरेको पदमा जानबाट रोकिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>