Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १३ गते सोमबार

कैलाली - कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ । सोमबार बिहान भैरहवाबाट अत्तरिया आउँदै गरेको ना ६ ख ५३६६ नम्बरको मालवाहक ट्रकले पैदल यात्रु गोदावरी नगरपालिका – ८ का १९ वर्षीय नरेश देउवालाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट देउवाको घटनास्थलमै मृत्यु भएको थियो ।

उनको मृत्यु पछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले सडकमा टायर बालेर राजमार्गमा अवरोध गरेका छन् । मृतकका आफन्तले ट्रक चालकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नवराज पोखरेलले अहिले सडक खुलाउने विषयमा मृतकका आफन्त सँग छलफल भइरहेको बताए । ट्रक चालक कपिलवस्तु ९ भर्तापुरका २५ वर्षीय सैलेश नेपालीलाई ट्रकसहित इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको जनाएको छ ।  कैलाली जिल्लमा दैनिक जसाे सडक दुर्घटना हुने गरेका छन याे हप्ता पनि शनिबार देखि लगातार लम्कि, सुख्खड लगायतका ठाउमा  राजमार्ग अबरुद्ध भएकाे थियाे । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>