Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १४ गते मङ्गलबार

जनगणनाको प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’ पनि समेटिने

दार्चुला - राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ । तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्रमै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जनसाङ्ख्यिक विवरण समेटेर प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले मूल गणना कार्यमा विवरण ल्याउन नसके पनि वैकल्पिक विधिमार्फत विभिन्न स्रोतसमेत परिचालन गरी विवरण सङ्कलन सुरु भइसकेको जानकारी दिनुभयो । “हामीले कूटनीतिक रुपमा विभागबाट र जिल्लाबाट समेत प्रयास गर्र्यो तर भूभाग हाम्रै भए पनि त्यहाँ जान पाइएन, त्यसैले अब स्थानीयवासीसँगको सहकार्यमा प्रविधिको समेत उपयोग गरेर स्रोतमार्फत तथ्याङ्क लिन थालेका छौँ,” महानिर्देशक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार त्यस क्षेत्रको कुटी, नाभी र गुञ्जीमा मात्रै मानिसहरुको बसोबास छ । सो क्षेत्रमा अनुमानित ३०० घरधुरीमा बढीमा ८०० सम्म जनसङ्ख्या रहेको अनुमान छ । जाडो मौसममा त्यहाँका स्थानीयवासी पनि बेँसी झर्ने भएकाले दार्चुलाको छाङरु र तिङ्करका स्थानीयवासीसँग भेटघाटसमेत हुने तथा फोन सम्पर्क गर्न सकिने हुँदा स्रोतमार्फत विवरण सङ्कलन गर्न विभागको टोली जुटेको छ । घरधुरी भने सेटेलाइटबाट नै लिन सकिने विभागले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>