Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १५ गते बुधबार

महिलालाइ हतकडि लगाएर १० बर्ष देखि गाेठमा

बैतडी -  तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला पर्नुभएको छ । स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेको छ।

बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचार गराउन नसक्दा घरपरिवारले आरनमा बनाएको हतकडी र गोडामा जन्जीर लगाएर अँध्यारो गोठमा राख्दै आएका छन् ।

गरिब तथा विपन्न दलित घरपरिवारकी शान्ति सुनीको १६ वर्षअघि बैतडीकै उदयदेवबाट विवाह भएको थियो । शान्तिका तीन छोराछोरी छन् । घरमा खान लगाउन नपुगेपछि शान्तिका श्रीमान् रोजगारीको क्रममा भारतमा रहेको परिवारले बताएका छन् ।

शान्ति सुनीलाई घरका जेष्ठ सदस्य ससुरा नाता पर्ने ७० वर्षका काशी सुनीले खाना गोठमै दिने गर्नुभएको छ ।

“बुहारीको उपचार गर्न खर्च छैन । साँझ–बिहानको छाक टार्न पनि मुश्किल छ,” ७० वर्षीय सुसुरा काशी सुनीले भन्नुभयो, “ खेतबारी केही छैन । भएको घर पनि पहिरोको जोखिममा छ । छाक टार्न समस्या भएपछि छोरा भारतमा मजदुर गर्दैछ । गाउँमा कुनै रोजगारी छैन । नातिनातिना कसरी पढाउने रु भन्ने अर्को चिन्ता छ ।”

१० वर्षदेखि अँध्यारो गोठमा बर्बराउँदै आइरहेकी शान्ति सुनीको उपचार गर्न नसक्दा साह्रै पीडा भइरहेको शान्तिका ससुरा काशी सुनीले गुनासो गर्नुुभयो ।

शान्ति सुनीकी दुई छोरी मध्ये जेठी हरिना सुनी कक्षा ७ मा पढ्छिन् भने कान्छी छोरी असिना सुनी कक्षा दुई र १० वर्षका छोरा तस्बिर सुनी कक्षा तीनमा पढ्छन् ।

उनीहरुसँग कापी कलम र विद्यालय जाने पोशाकसमेत नभएको ७० वर्षीय हजुर बुवा काशी सुनीले पीडा सुनाउनुभयो ।

“दैवले त ठगेकै थियो, त्यसमाथि बाढी पहिरोका कारण ओत लाग्ने घर पनि पहिरोको जोखिममा परेको छ” ७० वर्षीय काशी सुनीले भन्नुभयो, “दुई जना बुढाबुढीको भरमा तीन नाती नातिना र मानसिक रोगी बुहारी छिन् । परदेश गएको छोरा घर फर्किदिए सबैको जिम्मा लगाउन हुन्थ्यो ।”

बुहारीको उपचारका लागि स्थानीय सरकारसँग हारगुहार माग्न वडा कार्यालय धाए पनि जनप्रतिनिधि भेट्न नसकेको उहाँले बताउनुभयो ।

शान्तिको उपचारका लागि नगर कार्यपालिकाको बैठकमा कुरा उठाउने मलाई अहिले सम्म थाहा थियन यो विषयमा मैलेगर्ने सक्ने पहल गर्ने मेलौली नगरपालिकाका उप प्रमुख राधा ओझाले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>