Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर १५ गते बुधबार

महेन्द्रनगर - भारतसँग सीमा जोडिएका पश्चिमी नाकाहरुमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले आउजाउमा कडाई गर्न थालेको छ । 

कञ्चनपुरको गड्डाचौकी र दार्चुलाको पुल घाट नाकामा एसएसबीले परिचय खुल्ने कागजात नभए नाका बाटै फर्काउन थालेको हो । ‘त्यसरी फर्काइएकाहरु दैनिक हाम्रो सम्पर्कमा आइरहेका छन्, आवश्यक सहजिकरण गरिरहेका छौं,’ गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज सई जीवन गुरुङले भने ।

प्रहरीले भारत जाने नेपालीहरुले आफ्नो परिचय खुल्ने कागजात अनिवार्य बोक्न भनेको छ । ‘खासगरी रोजगारीका लागि भारत जान कर्णालीलगायत सुदूरपश्चिमकै बझाङ, अछामका मानिसहरु यो बाटो प्रयोग गर्छन,’ सई गुरुङले भने, ‘यति टाढा पुगेपछि परिचय पत्रका लागि फेरी घर फर्किनु पर्दा समय र आर्थिक ब्ययभार थपिन्छ । त्यसैले सबैले अनिवार्य कागजपत्र बोक्नुप-यो ।’

दार्चुलामा गड्डाचौकी नाकाको भन्दा झन बढी सास्ती छ । दार्चुलाका पत्रकार भोजराज जोशीका अनुसार धारचुला आवत जावत गर्दा ‘माथिको आदेश भन्दै’ एसएसबीले घण्टौं लाइनमा उभ्याउने र तीन पुस्ते इन्ट्री गराउन थालेको छ ।

‘समय समयमा अनौठा अनौठा नियम लगाउन थालेको छ,’ उनले भने, ‘कहिले कोरानाको नाममा त कहिले ‘उपरका आदेश’ भन्दै सताउने गरेका छन् ।’ दार्चुलाको स्थानीय प्रशासन भने यसबारेमा मौन रहेको जोशीको आरोप छ ।

तीन दिन अघि मात्रै पिथौरागढमा नेपाल–भारतका सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको थियो । बैठकमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले देउडामै समस्या दर्शाएका थिए । तर, एसएसबीले भने आफ्नो व्यवहार सुधार गर्नुको सट्टा झन कठोर नियम ल्याउन थालेको गुनासो दार्चुलाबासीको छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>