कञ्चनपुर - कञ्चनपुरको उत्तरी चुरे भेगमा अवस्थीत भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणका लागि महायज्ञ लगाईने भएको छ । सिद्धनाथ वैजनाथ धार्मिक तपस्थली क्षेत्र विकास समिति महाकाली शारदापीठ भम्केनी धामको आयोजना महायज्ञ संचालन हुने भएको हो । आउँदो बुधबार अर्थात २२ मंसिरदेखि ४ पुषसम्म महायज्ञ संचालन हुने आयोजकले जनाएको छ ।
धामका प्रमुख संरक्षक अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य जगतगुरुका प्रवक्ता विक्रम सिह धामीले भम्केनीमा श्रीमद्भागवत महापुराण धनधान्याचल विराट महायज्ञ संचालन हुने बताए । उनले महायज्ञ संचालनका लागि नारायणदत्त भट्टको संयोजकत्वमा मुल आयोजक समिति निर्माणका साथै विभिन्न उप समिति बनाएर तयारी भईरहेको बताए । राम जानकी विवाह पञ्चमीदेखि महायज्ञको साईत जुराईएको छ ।
‘तयारी तिव्र गतिमा अघि बढेको छ, ‘उनले भने, ‘एक दुईदिन भित्रै महाराज समेत आउने भएका छन ।’ जगतगुरुले पुर्वी नेपालमा चतराधाम सहितका चार धाम अन्र्तरगत कञ्चनपुरमा समेत धाम निर्माण गरेको बताए । भम्केनी धाममा निर्माण हुने ७५फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणार्थका लागि महायज्ञ संचालन हुने बताए । भम्केनी धाम पछिल्ला दिनमा धार्मिक पर्यटन विकासका लागि विकास हुदै गएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक नारायण दत्त भट्टले कलस यात्रा सहित उद्घाटन गरिने बताए । दैनिक नित्यपुजा, भागवत पाठ, प्रबचन, आरती, प्रशाद, भजन, र्कितन सत्सग गरिने छ । महायज्ञमा हजारौँ दर्शनार्थि अाउने आयोजकले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया