Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर १५ गते बुधबार

कञ्चनपुरमा विश्व एड्स दिवस भव्यताका साथ मनायो ।

कञ्चनपुर - कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा विभिन्न संघसंस्थाले भव्यताका साथ ३४ औं विश्व एड्स दिवस भव्यताका साथ मनायोका छन् । बुधबार एक कार्यक्रमका साथ “असमानता हटाऔं, एड्स अन्त्य गरौँ ” भन्ने मुल नाराका साथ ३४ औं विश्व एड्स दिवस मनाईएको हो। स्वास्थ्य कार्यालय कञ्चनपुर, महाकाली प्रादेशिक अस्पताल, भीमदत्त नगरपालिका, नेपाल राष्ट्रिय समाज कल्याण संघ, सहयात्रा नेपाल, नव आशा, नेपाल रेडक्रस सोसाइटी र नेपाल परिवार नियोजन संघ कञ्चनपुरले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरिएको हो। जुन कार्यक्रम स्वास्थ्य कार्यालय कञ्चनपुरको सभा हलमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा संघसंस्थाका प्रतिनिधि लगायत लक्षित समुदायको उपस्थिति रहेको थियो।

अंग्रेजी मिति अनुसार डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ । जसमा दुव्यसनमा परेका युवालाई परामर्श दिने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । उनले थपे एचआईभी एड्सको सङ्क्रमणदर घटाउने योजना आवश्यक भएको छ। वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्यसनमा लागेकाबाट एड्स सङ्क्रमण बढी भएको पाइएको छ सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पुयाउने, उपचारदर पनि ९५ प्रतिशत नै पुयाउने लक्ष्यका साथ कार्यक्रम संचालनमा रहेका हुन।

कञ्चनपुरमा संक्रमितको संख्या ६ सय ३ रहेको छ भने, एआरटी उपचार गराई रहेका ३ सय ५८ जना रहेको स्वास्थ्य कार्यालय कञ्चनपुरका एचआईभी एड्स फोकल पर्सन कपिलदेव जोशीले बताए । हाल सम्म १ सय ४८ जनाको मृत्यु भएको छ भने, उपचारबाट हराकाको संख्या ५४ जना रहेको छ । कञ्चनपुरमा आ.व ७७/७८ मा ४३ जनामा नयाँ संक्रमित पत्ता लागेको थियो भने, ९१ जना अन्य जिल्लाबाट सेव लिईरहेको र ११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>