Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
आनन्द राज जाेशी आनन्द राज जाेशी
२०७८ साउन ११ गते सोमबार

सुन किनेको आरोपमा थप २ जना पक्राउ

बैतडीको दोगडा केदार गाउँपालिका–१ स्थित लाटिनाथ मन्दिरबाट चोरी भएको सुन किनेको आरोपमा थप २ जना पक्राउ परेका छन् । प्रहरीले शुक्रबार सुन चोरी गर्ने ४ जना र किन्ने १ जनालाई सार्वजनिक गरेको थियो ।

इलाका प्रहरी कार्यालय पाटन बैतडीका अनुसार पक्राउ पर्नेमा बैतडीको दशरथचन्द नगरपालिका –४ गढीका सुनचाँदी व्यवसायी ३३ वर्षीय कञ्चन पौडेल र सोही ठाउँका ४५ वर्षीय गणेशकुमार पौडेल रहेका छन् ।

प्रहरीले यसअघि चोरिको सुन खरिद गरेको आरोपमा दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहु सतिह सुन चोरी गर्ने ४ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका ४ जनाबाट पौने ४ किलो सुन समेत बरामद गरिएकमो इलाका प्रहरी कार्यालय पाटनका क्ष्न्चार्ज प्रहरी निरिक्षक राजेश शाहीले बताए ।

बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरबाट गत पौषमा ९ तोला सुन चोरी भएको थियो।


#सुन #पक्राउ #चोरी

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>