महेन्द्रनगर - कञ्चनपुरमा दुई चरणमा मतदाता नामावली संकलन हुने भएको छ । पहिलो चरणमा मंसिर १७ गतेबाट हुनेछ भने दोस्रो चरणमा पुस ४ गतेबाट मतदाता नामावली संकलन हुनेछ । पहिलो चरणमा दोधाराचाँदनी, बेदकोट, बेलौर र कृष्णपुर नगरपालिकामा मतदाता नामावली संकलन हुने जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख उदयराज जोशीले बताए । ‘नगरपालिका कार्यालयलाई केन्द्र बनाएर मतदाता नामावली संकलन हुन्छ,’ उनले भने, ‘पहिलो चरणको काम सकिएपछि बाँकी पालिकामा मतदाता नामावली संकलन गर्छौ ।’ दोस्रो चरणमा बेलडाँडी, लालझाडी गाउँपालिका र शुक्लाफाँटा नगरपालिकामा मतदाता नामावली संकलन हुनेछ । भीमदत्त नगरपालिकामा निर्वाचन कार्यालय र जिल्ला प्रशासनबाट नियमित मतदाता नामावली संकलन भइरहेको उनले बताए । उनका अनुसार पुनर्वा नगरपालिकामा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न नेपाली नागरिकता, बिबाह भई आएको हकमा विवाह दर्ता प्रमाणपत्र र बसाई सरी आएको हकमा बसाईसराईको प्रमाणपत्र आवश्यक पर्ने जिल्ला निर्वाचन अधिकारी जोशीले बताए । ‘कुनै काम विशेषले आफ्नो स्थायी बसोबास भएको जिल्लाबाट यहाँ आएर बसोबास गरिरहेका नागरिकले आफ्नो स्थायी ठेगानामा मतदाता नामावली दार्ता गर्न चाहे जिल्ला निर्वाचन कार्यालयमा आई नाम दर्ता गर्न सक्छन्,’ उनले भने, ‘नागरिकताको सक्कल प्रमाणपत्रसहित उपस्थित हुनुपर्छ ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया