महेन्द्रनगर – वायु प्रदूषण बढेपछि भारतको दिल्ली राज्यका विद्यालय अनिश्चित समयसम्मका लागि बन्द भएका छन् । दिल्लीका पर्यावरण मन्त्री गोपाल रायले भोलि शुक्रवारदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको बताउनुभयो । भारतको सर्वोच्च अदालत (सुप्रिम काेर्ट) ले पनि आज बिहीवार आदेश जारी गर्दै आपत्कालीन अवस्थामा असाधारण कदम चाल्न दिल्ली सरकारलाई आदेश दिएको छ । दिल्ली सरकारले प्रदूषण धेरै भएका ठाउँहरूमा यस अगाडिदेखि नै विद्यालय बन्द गरेको थियो । तर अझै कैयौँ बालबालिका विद्यालय गइरहेको देखिएकाले तत्काल विद्यालय बन्द गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । सरकारले भोलिदेखि विद्यालय बन्द गरे/नगरेको अनुगमन गर्ने जनाएको छ । मंशिर महिनाका २ हप्ता दिल्लीमा वायु प्रदूषणको स्तर अहिलेसम्मकै खराब थियो , याे हप्ता भरमा राम्रो वायुको स्तर नभएको तथ्याङ्कले देखाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया