Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर १७ गते शुक्रबार

हिंसा विरुद्ध वक्तृत्वकला प्रतियोगिता

महेन्द्रनगर - शान्ति पुनर्स्थापना गृह पिसिआर सम्पर्क कार्यालय ब्रहमदेवले आयोजनामा भीमदत्त नगरपालिका वडा नं ९ स्थित सिद्धनाथ माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा न्युनिकरण समबन्धमा प्रतियोगिता गरीएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई मध्यनजर गर्दै लैङ्गिक हिंसा विरुद्धको आठौँ दिनमा जनचेतना फैलाउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको हो । उक्त कार्यक्रमका सो वडाका वडा अध्यक्ष, महिला प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, उक्त विद्यालयका प्रधानाध्यापक तथा शिक्षकशिक्षिकाहरु शहरी स्वास्थ्य केन्द्रका प्रमुख, सिमा प्रहरी चौकी ब्रहमदेवका प्रतिनिधि , सशस्त्र प्रहरी बल नेपाल वि ओ पी ब्रहमदेव प्रतिनिधि , ट्राफिक प्रहरी , नेपाल आर्मीका प्रतिनिधि कक्षा ८,९ र १० का विद्यार्थीहरु र शाखा कार्यालय र सम्पर्क कार्यालयहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै वडा अध्यक्ष राम नाथले गर्दै आएका कामकाजहरु महत्वपूर्ण र प्रभावकारी भएको हुँदा अगामी दिनहरुमा पनि आफुले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यसैगरी सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक अम्बा दत्त जोशीले विद्यार्थीहरुको आत्मबल बढाउन र लैङ्गिक हिंसा अन्त्यका लागि वक्तृत्वकला प्रतियोगिता एकदमै प्रभावकारी रहेको बताउनुभएको थियो । महेन्द्रनगरका सुपरभाइजर सम्झना पाठकले स्वागत मन्तव्य राख्दै सबै एकजुट भई अगाडि बढे मात्रै लैङ्गिक हिंसा न्युनिकरण गर्न सकिने भएकाले सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको। अन्त्यमा यसै सम्पर्क कार्यालय ब्रहमदेवकी परामर्शदाता ललिता जोशीले सिमा क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण मात्र नभएर गाउँ समाजमा हुने विभिन्न लैङ्गिक हिंसा तथा विभेदिकरण अन्त्यका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उक्त वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा सहभागी भएर स्थान हासिल गर्न सफल विद्यार्थीलाई पिसिआरद्वारा पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>