महेन्द्रनगर - कांग्रेसको सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि चुनाव हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा समुह र रामचन्द्र पौडेल समूहका बीचमा चुनाव हुने भएको हो । देउवा समूहबाट केन्द्रीय सदस्य बीरबहादुर बलायर र पौडेल समुहबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र सभापतिमा उम्मेदवारी दिने भएका छन् ।
सहमतिमै प्रदेश कार्य समिति गठन गर्न बिहीबार र शुक्रबार छलफल भएपनि सहमति हुन् सकेन । भागभण्डामा कुरा नमिलेको भन्दै पौडेल समुह निर्वाचन प्रकृयामा सहभागि भएको हो । पौडेल समुहले उम्मेदवारको सूची सार्वजनिक गरेपछि देउवा समुह पनि चुनावमा होमिएको छ ।
पौडेल समुहबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छन् ।
देउवा समुहबाट नरनारायण शाह, गोविन्द बोहरा, गोविन्दबहादुर शाह, अर्जुनजंगबहादुर सिंह, हिमबहादुर रावल र पुष्प शाहीले सभापतिमा दाबी गर्दै आएका थिए । तर, उक्त समूहमा पूर्बमन्त्री तथा डोटीका पुराना नेता वीरबहादुर बलायरलाई सभापतिमा उठाउने सहमति भएको छ । देउवा समुहले अन्य पदाका उम्मेदवार सार्वजनिक भने गरेको छैन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया