Samriddhipost
२०८२ फागुन ०३ गते आइतबार
ट्रेन्डिङ
२०७८ कार्तिक २५ गते बिहिबार

सुकुम्वासी,भुमिहिन दलित,आरक्ष पिडीत,मुक्त कमैया,मुक्त हलिया,मुक्त कमलरी,मुक्त कमैया महिला,अव्यवस्थित वसोवासीहरुको श्री कृष्ण सामुदायिक वनको प्रांगणमा वसेको भेलाले पिडीतहरुका समस्या समाधान गर्न भन्दै संयुक्त केन्द्रिय संघर्ष समिति गठन गरेको छ । विहिवार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष बहादुर सिंह महराको संयोजकत्वमा सात सदस्यीय शान्तीपुर्ण संयुक्त केन्द्रिय संघर्ष समिति गठन गरिएको हो । संयुक्त केन्द्रिय संघर्ष समितिको सदस्यहरुमा सुकुम्बासीका तर्फबाट बल बहादुर डाँगी,गोबिन्द नेपाली ९आरक्ष पिडित०,चम्फादेवी सार्की९भुमिहिन दलित० रहेका छन् । यस्तै सीता कुमारी डगौरा(मुक्त कमलहरी),लाहुरे डगौरा(मुक्त कमैया)तथा कर्ण बहादुर बानियाँ(अव्यवस्थित वसोवासी) सदस्यामा छन् । आफुहरुका माग फरक-फरक भएपनि एकतामा बल हुने भन्दै संयुक्त रुपमा सवैलाई समेटेर संघर्ष समिति गठन गरिएको संयोजक महराले बताए । यस्तै संयुक्त केन्द्रिय संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी मार्फत शुक्रवार प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । आफुहरुले पटकपठक माग सम्वोधन गर्ने विषयमा सरकार उदासिन देखिएको बताउँदै संयोजक महराले भने,अब सरकारले जनतालाई लालपुर्जाका नाममा,परिचयपत्र उपलब्ध गराउने नाममा अलमलिनु हुँदैन,यथाशिघ्र माग सम्बोधन गर्नुपर्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>