Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर १८ गते शनिबार

महेन्द्रनगर - नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वासको तेस्रो अधिवेशन सम्पन्न भएको छ । कञ्चनपुर जिल्लाको पहिलो नगर अधिवेशनको रूपमा शुक्रबार पुनर्वासको होटेल सम्राटमा सम्पन्न नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन ऐक्यबद्धता जनाउँदै सम्पन्न भएको बताइएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वास नगर समितिका अध्यक्ष लाल बहादुर शाहीको सभापतित्व तथा जिल्ला कमिटी उपाध्यक्ष वेद प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा आयोजित तेस्रो नगर अधिवेशनमा बेलौरी नगर समितिका अध्यक्ष हरिप्रसाद रिजालले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशनले चन्द्र बहादुर थापाको अध्यक्षतामा पुनर्वास नगर समिति गठन गरेको छ । नगर समितिको महिला उपाध्यक्षमा मिना पण्डित, खुल्ला उपाध्यक्षमा लाल प्रसाद घिमिरे, सचिवमा भीमलाल तामाङ, कोषाध्यक्षमा दीर्घ राज घिमिरे, सहसचिवमा होमा सुवेदी, सह कोषाध्यक्षमा दिलमाया बि.क. चयन हुनु भएको छ । 

त्यस्तै सदस्यहरूमा वडा नम्बर १ बाट भक्त बहादुर बोहरा, वडा नम्बर २ बाट नवराज सिंह, वडा नम्बर ३ बाट शमशेर तामाङ, वडा नम्बर ४ बाट धनवीर तामाङ, वडा नम्बर ५ बाट रोम बहादुर शाही, वडा नम्बर ६ बाट रत्न बहादुर विक, वडा नम्बर ८ बाट नेत्र प्रसाद उपाध्याय, वडा नम्बर ९ बाट सूर्य प्रसाद पौडेल, खुल्ला महिलाबाट सपना पूजारा, संस्थागत विद्यालयबाट लीला नेपाललाई सर्वसम्मत चयन गरिएको छ । सोही अधिवेशनबाट लाल बहादुर शाही, केदार बहादुर भण्डारी, दुर्गा नेपाल, माया पौडेल,  धन बहादुर रोकाया र अजय शर्मा प्रदेश प्रतिनिधिमा छनौट हुनु भएको छ । विधान बमोजिम नगर समितिका बाँकी सदस्य र अन्य प्रतिनिधिहरू पछि मनोनीत गरिने जिल्ला उपाध्यक्ष वेद प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।


#पुर्नवास #नेपाल राष्ट्रिय शिक्षक संगठन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>