महेन्द्रनगर । राष्ट्रिय जनमोर्चा निकट अनेरास्वबियू (छैठौं) का केन्द्रीय अध्यक्ष महेशराज जोशी एक दर्जन पार्टी नेतासहित नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
कंचनपुर जिल्ला पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अखिल छैठौंका सचिवालय सदस्य पुष्कर भट्ट, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सचिवालय सदस्य तथा राजमो जिल्ला सचिवालय सदस्य ललित चन्द, राजमो प्रदेश सल्लाहकार पदम साउद, अखिल नेपाल युवक संघ प्रदेश सदस्य दुर्गा नाथ, राजमो जिल्ला सल्लाहकार वीर बहादुर बिस्ट,दलबहादुर खडायत, जिल्ला सदस्य अशोक बोहरा, युवक संघ जिल्ला सदस्य यज्ञ शाह, अखिल (छैठौं) केन्द्रीय सदस्य प्रकाश जोशी, युवक संघ केन्द्रीय सदस्री प्रेम चन्द, राजमो जिल्ला सदस्य घनश्याम जोशी एकीकृत समाजवादीमा समाहित भएका छन् ।
त्यस्तै नेकपा एमाले परित्याग गरि गजेन्द्रनारायण सरदार, बिप्लव नेतृत्वको नेकपाका जीवन थापा र स्वतन्त्र कृष्ण पाण्डे पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
समाहित हुनेहरूलाई एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य उर्बादत्त पन्तले अबिर लगाइ स्वागत गरेका थिए ।
पार्टीका जिल्ला कमिटी अध्यक्ष जीवनराज थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि स्थायी कमिटी सदस्य उर्बादत्त पन्त रहेका थिए भने समाहित हुनेका तर्फबाट महेशराज जोशी, केन्द्रीय कमिटी सदस्य कंचनपुर जिल्ला इन्चार्ज लालबहादुर खड्का, केन्द्रीय कमिटी सदस्य तथा प्रदेश कमिटी उपसचिव तारालामा तामाङ, पोलिट्ब्यूरो सदस्य तथा प्रदेश अध्यक्ष बिक्रम शाहीले समाहितलाई स्वागत गर्दै सम्बोधन गरेका थिए
कार्यक्रम संचालन जिल्ला कमिटी सचिव हरकसिंह धामीले गरेको उपसचिव राजेन्द्र पाण्डेयले जानकारी दिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया