Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २१ गते मङ्गलबार

महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका –१ सकारमा सोमवार साँझ करिब साढे ५ बजेतिर भएको जीप दुर्घटनामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नव विबाहित जोडीसमेत छ । जसको १० दिन अगाडी मात्रै बिहे भएको थियो र उनीहरु माइत जादै थिए ।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार पाटनबाट कैलपालतर्फ गइरहेको से १ ज ८८८ नम्बरको जीप साढे ५ बजेतिर दुर्घटनामा परेको थियो ।

चिप्लो र भिरालो कच्ची सडकमा दुर्घटना हुँदा सुर्नया गाउँपालिका –४ का २४ बर्षिय प्रेम चुनारा र उनकी २० बर्षीया पत्नी मनिषाको मृत्यु भएको छ । उनीहरुको १० दिन अगाडी मात्रै बिहे भएको थियो ।

यस्तै उक्त दुर्घटनामा पाटन नगरपालिका–१ का १३ बर्षीय बिनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराइको पनि मृत्यु भएको छ ।  उक्त जिपमा चालकसहित ११ जना रहेका थिए ।

गम्भीर अवस्थाकी जानकी भट्टराइलाई रेफर गरिएको छ र अरु ५ जना सामान्य घाइते भएको प्रहरी निरीक्षक शाहीले बताए । चालक भने अझै प्रहरीको सम्पर्कमा आएका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>