Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २१ गते मङ्गलबार

महेन्द्रनगर - कैलाली प्रहरीले कर्तव्य ज्यान र जर्बजस्ती करणी मुद्दाका दुईजना फरार अभियुक्तलाई सोमवार पक्राउ गरेको छ । 

बझाङको साविक सुबेडा गाविस–८ घर भई हाल धनगढी उप–महानगरपालिका–८ मोतिचौक बस्ने प्रकाश रानालाई पक्राउ गरेको हो । रानालाई बझाङ जिल्ला अदालतको ०६६ चैत २२ गतेको फैसलाले २० बर्ष कैद सजाय तोकेको थियो । लुकेर बसिरहेको अवस्थामा उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय चिसापानीले साविक बलिया गाविस –९ घर भई हाल लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने ४८ बर्षीय गोविन्द खड्कालाई पनि पक्राउ गरेको जनाएको छ ।

जर्बजस्ती करणी मुद्दामा सर्वोच्च अदालतले ०७६ साउन १६ गते खड्कालाई ८ वर्ष कैद र ५० हजार रुपैया पीडित पक्षलाई क्षतिपुर्ति भराउने सजाय सुनाएको थियो । त्यसपछि उनी फरार भएका थिए । कैलाली प्रहरीले खड्कालाई बर्दिया प्रहरीको जिम्मा लगाएको जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>