Samriddhipost
२०८१ मङि्सर ०७ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २१ गते मङ्गलबार

नेपाल लाइफकाे नया याेजना लन्च ।

महेन्द्रनगर - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन बीमा योजना’ सार्वजनिक गरेको छ । समयसापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नेपाल लाइफ समुन्नत जीवन जीवन बीमा योजना ल्याइएको कम्पनीले जानकारी दिएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक प्रकृतिको हो । 
विकासोन्मुख देश र भौगोलिक बनावटका कारण नेपालको जीवनयापनमा जोखिम रहेको र पछिल्लो समय ठूला परियोजना निर्माण तीव्र गतिमा अघि बढेकाले ती लगायत पेशागत जोखिम रहेको व्यक्तिहरूलाई लक्षित गरेर बीमा योजना ल्याएको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो योजना जोखिमयुक्त पेशाहरू जस्तै : डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिलक्षित रहेको पनि कम्पनीले जनाएको छ । 
बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्नसक्नु यो योजनाको विशेषता हो । यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने र १८ वर्षदेखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने पनि कम्पनीले जानकारी दिएको छ । 

बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुने र ५० हजारदेखि एक करोड रुपैयाँसम्म बीमाङ्क रकमको बीमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानि गर्न सकिने यो बीमा योजनामा वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा एक प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमा शुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ । अर्ध वार्षिक बीमा शुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थपघट हुनेछैन ।
बीमालेख चालु रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तिको अन्त्यमा बीमाङ्क रकम र आर्जित बोनस बीमितलाई एकमुष्ट भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>