Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २१ गते मङ्गलबार

महेन्द्रनगर - नेकपा माओवादी केन्द्र शुक्लाफाटा नगर समितिको बन्दसत्रले ५६ सदस्यीय नगर कमिटी चयन गरेको छ । लामो समयदेखि चलिरहेको बन्दसत्रले सोमबार १२ सदस्य प्रदेश सदस्य समेत चयन गरेको छ । नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटीको प्रथम सम्मेलनको बन्दसत्रले नगर कमिटी संगै प्रदेश सदस्यहरूको छनौट गरेको हो । नगर कमिटीको पदाधिकारीका लागि पदाधिकारीहरु बिच सहमति हुन नसक्दा शुक्लाफाँटा निर्वाचन समिति र अध्यक्ष मण्डलले नगर कमिटी निर्वाचित गरेको बताएको छ । सोमबार नै ज्येष्ठ सदस्य को अध्यक्षतामा बसेको नगर कमिटिको बैठकले पदाधिकारी छनोटका लागि छलफल अघि बढाएको छ । अध्यक्षका लागि नेकपा माओवादी केन्द्र शुक्लाफाँटा नगरको अध्यक्ष लागि दीपक राज भट्ट र नवराज अवस्थी बीचमा सहमतिको प्रयास भइरहेको नेकपा अध्यक्ष मण्डलका संयोजक नरेन्द्र चौधरीले बताउनुभयो । थुप्रै नगर समिति पदाधिकारीका आकांक्षी रहेका नेताहरुले प्रदेश समितिमा निर्वाचित भएपछि पदाधिकारीका लागि छलफल गर्न सहज भएको निर्वाचन मण्डलले बताएको छ । अध्यक्ष पदका दुवै प्रत्यासी तथा अन्य पदाधिकारीहरुका बिचमा सहमतिकालागि नेताहरुबीच छलफल भएको र निष्कर्ष नजिकै रहेकाले अब आउने बैठकबाट नगर कमिटीले पूर्णता पाउने अध्यक्ष मण्डल अर्का सदस्य इश्वर सुनारले बताउनुभयो । सोमबार छलफलमा सहमति हुन नसकेपछि लम्बिएको नगर कमिटीको बैठक बस्ने सूचना छिट्टै प्रकाशन गर्ने तयारीमा रहेको अध्यक्ष मण्डलले बताएको छ । सोमबार भएको बन्दसत्रले प्रदेश सदस्यका लागि नरेन्द्र चौधरी, नवराज एेर, ईश्वर सुनार, नरेन्द्र धानुक, टिकाराम दहित, कमला एेर भिम टमटा, बहादुर सिंह महरा, दुर्गा भट्ट, सिरता टमटा, करण सिंह बोहरा र जीवन ज्योति बडु छनौट गरिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>