Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर २२ गते बुधबार

महेन्द्रनगर - सरकारले परशुराम नगरापालिका सहित सुदूरपश्चिमका २० स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा एकले दिएको अधिकार प्रयोग गर्दै गृह मन्त्रालयले २०७८ साल माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा डडेलधुराका पाँच स्थानीय तह नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र परशुराम नगरपालिका रहेका छन । यसैगरी बझाङका चार स्थानीय तह थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका रहेका छन् । यस्तै डोटीका पाँच स्थानीय तह दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका रहेका छन् । यस्तै बाजुराका दुइ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका छन् । बैतडीका दुई स्थानीय तहमा सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका रहेका छन भने दार्चुलाका दुई स्थानीय तहमा दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका संकटग्रस्त सूचीमा परेका छन् ।

सुदूरश्चिमका ६ वटा जिल्लाका २० स्थानिय तह सहित देशभरीमा ३३ स्थानिय तहलाई संकट ग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ । बाढी, पहिरोलगायतका विपद्बाट ठूलो मानवीय क्षती भएका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताए ।

संकट ग्रस्त घोषण गरिएका स्थानीय तहमा भएको क्षतीको पुनःनिर्माण तथा पुनःस्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने उनले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>