Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २२ गते बुधबार

भारतीय सेनाध्यक्ष विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त
तस्बिर इण्डिया टुडे

महेन्द्रनगर - भारतीय सेनाध्यक्ष (चीफ अफ डिफेन्स स्टाफ) विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।

रावत र उनकी पत्नीसहित १४ जना सवार भारतीय सेनाको एमआई-सिरिज हेलिकप्टर तमिलनाडुको कुन्नुरस्थित घना जंगलमा खराब मौसमका कारण दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

वेलिंगटनस्थित आर्म्ड फोर्सेज कलेजमा लेक्चर दिएर फर्किँदै गर्दा रावत चढेको हेलिकोप्टर कुन्नुरमा दुर्घटनामा परेको हो । रावत कुन्नुर हुँदै दिल्ली फर्किने कार्यक्रम थियो ।
घटनास्थलबाट तीन जनाको उद्धार गरेर अस्पताल लगिएको छ । केही शव जलेको अवस्था फेला परेको र अन्यको खोजी चलिरहेको छ । उद्धारका लागि वायुसेनाको टुकुडी, प्रहरी र स्थानीय खटिएका छन् । दुर्घटनामा परेका रक्षा प्रमुख रावतको अवस्था अज्ञात छ ।

इण्डियन एयर फोर्सले दुर्घटनाको जाँच गर्न अधिकारीहरुलाई निर्देशन दिएको ट्वीटरमार्फत जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>