Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २२ गते बुधबार

कञ्चनपुर - कञ्चनपुरको बेलडाँडीमा बिहीबारदेखि महायज्ञ हुने भएको छ । बेलडाँडी गाँउपालिका १ सिद्धचोक स्थित सिद्धनाथ मन्दिरको प्राङगाणमा महायज्ञ हुने भएको हो । सिद्धनाथ बेलडाँडी सप्ताह ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । महायज्ञ मुल आयोजक समितिका संयोजक मनोज कुमार बोहराले बेलडाँडीको धार्मिक पर्यटन विकासका लागि महायज्ञ संचालन गर्न लागेको बताए ।

‘यो धार्मिक पर्यटकिय क्षेत्र हो, ‘उनले भने, ‘प्राचिन सिद्धनाथ मन्दिरको बृद्धि विकासका साथै गाँउकै धार्मिक पर्यटन विकाका लागि महायज्ञ संचालन गर्न लागेका छौँ ।’ उनका अनुसार बिहान यज्ञ स्थलदेखि गाँउभरी कलस यात्रा सहित परिक्रमा गरिने छ । महायज्ञमा १००८ शालिग्राम पुजा, दैनिक भजन, कितन, झाँग्री, सहित नैतिक शिक्षामुलक प्रबचन गरिने छ । प्रमुख कथाबाचक प्रमोद पौडेलबाट कथा बाचन हुनेछ । महायज्ञ मुल आयोजक समितिका उप सयोजक एव युवा समाजसेवि लोक बहादुर साउदले गाँउमा आध्यामिक विधीबाट संचालन हुने महायज्ञले धार्मिक पर्यटनको विकासका साथै धर्मको समेत संरक्षण हुने बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>