दार्चुला - एकता, उत्साह र रुपान्तरणको नाराका साथ आयोजना हुन गइरहेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको पूर्व तयारीमा नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सम्पर्क कार्यालय स्थापना गर्नुभएको छ । मन्त्री बडूले आज दार्चुलाबाट निर्वाचित महाधिवेसन प्रतिनिधि र कार्यक्रताहरुसंग छलफल समेत गर्नुभएको छ ।
महाधिवेसन लक्षित सम्पर्क कार्यालय काठमाडौंको अनामनगर हनुमानस्थानमा आज उद्घाटन गरिएको नेपाली कांग्रेश दार्चुला क्षेत्र १ (क) का सचिव हरि जोशीले जानकारी दिनुभयो । सम्भव भएसम्म पौडेल गुटबाट पदाधिकारी नभए केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी मन्त्री बडूको रहेको उहाँ निकट नेताहरुले बताएका छन् । पौडेल पक्षले पदाधिकारीमा उम्मेदवारको टुगों लगाउन सकेको छैन् । विभिन्न पदमा आकाक्षिं बढी देखिएपछि सहमति गर्न कठिन भइरहेको छ । कतिपय नेताहरुले सहमति नहुदै सचिवालय बनाएर प्रचारप्रसार थालिसकेका छन् ।
बर्तमान कांग्रेशको केन्द्रीय कार्यसमितिमा समेत सदस्य रहनुभएका मन्त्री बडूले १४ औँ महाधिवेसनमा पदाधिकारीमा उम्मेदवारी दिने चाहाना राखेको नेताहरुले बताएका छन् । यद्धपी पदाधिकारीमा आकाक्षिंहरु बढी देखिएकोले अहिलेसम्म टुगों लाग्न नसकेको बताइएको छ ।
दार्चुला घर भएका नेपाली कांग्रेसका युवा नेता गणेशराज भट्टले भने आसन्न १४ औं महाधिवेसनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार थाल्नुभएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया