Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर २२ गते बुधबार

महेन्द्रनगर -  शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन प्रबद्धनका लागि मजगाँउ विमानस्थल चाडो सञ्चालनमा ल्याउनुपर्ने सरोकारवालाहरुको जोड दिएका छन । बुधबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा पर्यापर्यटन प्रबद्धनका लागि सरोकारवालासंग एक दिने कर्याक्रमका सहभागिहरुले बाह्य पर्यटक भित्र्याउनका लागि मजगाँउ विमानस्थल संञ्चालनमा ल्याउनुपर्ने, प्रचार–प्रसारमा ध्यान दिनुपर्ने लगायतमा कुरामा जोड जोड दिएका हुन । 

पर्यापर्यटनको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विकास गर्न बर्तमान अवस्थामा विभिन्न चुनौतिहरु रहेको र ति चुनौतिहरुलाई अवसरमा परिणत गर्न सबैको हातेमालो आवश्यक रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका बन संरक्षक अधिकृत किशोर कुमार मेहताले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एसियाकै ठूलो घासेमैदान भएता प्रचार प्रसार र संरक्षणको अभावले पर्यटन प्रबद्धन हुन नसकेको उनले बताए । 

अझ घाँसेमैदानमा सयौको संख्यामा देखिने ब्रह्रसिंगाको झुण्डले यसको विशेसता झल्काउने भएकोले यसको प्रचार प्रसारमा जोड दिएर स्थानियहरुलाई रोजगारीमा आवद्ध गर्न सकिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख मेहताले बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन ल्याउनको लागि सबैले आ–आफ्नो पक्षबाट लागिरहनुपर्नेमा जोड दिए । 

शुक्लाफाँटा मध्यबर्ति क्षेत्र बिकास समितिका अध्यक्ष लव बहादुर विष्टको सभापतित्व तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख किशोर कुमार मेहताको प्रम्ुख अतिथ्यतामा सम्पन्न भएको छ ।  

विशिष्ठ अतिथिमा देविदल गणका गणपति सुनिल मल्ल रहेका थिए । त्यसैगरी विशिष्ठ अतिथिमा राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लक्ष्मीराज जोशी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक बन संरक्षण अधिकृत नुरेन्द्र अर्याल रहेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>