दार्चुला - दार्चुलाको सीमावर्ती भारतीय बजार समेत जाेलजिबि, झुलाधाट, बनबसा , पलिया लगायतका शुदुर पश्चिम संग सिमा जाेडिएका भारतिय बजारमा नेपाली मुद्राको चार प्रतिशत अबमूल्यन हुने गरेको छ । नेपालतर्फ सटही काउन्टर नहुदा स्थानीयहरुले प्रतिहजारमा झण्डै ४० रुपैँया घाटा व्यहोर्न तथा ठगिन बाध्य छन् ।
नेपाल राष्ट्र बैकंले निर्धारण गरेको विदेशी विनिमय दरको अवमुल्यन गर्दै भारतीय ब्यापारीहरु नेपालीहरुलाइ ठगिरहेका छन् । दार्चुलामा रहेका नागरिकहरुले आफुले मिहेनत गरी कमाएको नेपाली मुद्राको धारचुला लगायत भारतीय बजारमा विदेशी विनियम दर भन्दा कम मूल्यमा कारोबार भइरहेको छ । विदेशी विनियम दर अनुसार भारतीय एक रुपैयाको १ रुपैया ६० पैसा नेपाली हुन्छ भने भारतीय ६ सय २५ रुपैयाको नेपाली एक हजार रुपैया हुन्छ तर भारतीय बजारमा नेपालीहरुले एक हजार रुपैया बराबर ६ सय भारु मात्र पाउने गरेका छन् । यसरी प्रत्येक एक हजार नेपाली रुपैयामा ४० रुपैया नेपाली घाटा व्यहोर्नुपर्ने बाध्यता रहेको महाकाली नगरपालिका वडा नम्बर ४ का स्थानीय कृष्ण जाेशी, निलम बडू ले बताउनुभयो ।
नेपाली बजारमा भारतीय रुपैयाको विनिमय दरमै वा विनिमय दरभन्दा बढीमा कारोबार भइरहदा भारतीय बजारमा भने अनावश्यक ठगी भइरहेको छ । नेपालतर्फ सटही काउन्टर नहुदा स्थानीयहरुले नेपाली मुद्रा बोकेरै भारतीय बजार जानुपर्ने बाध्यताका कारणपनि भारतीय व्यापारीहरुले खुलेयाम नाफा कमाउन पाएका छन् । भारतीय व्यपारीहरुले ठगी गर्ने मानसिकता र नेपालतर्फ सटही व्यवस्था नहुदा मुद्रा अवमुल्यनको समस्या भोग्नुपरेको पालले बताउनुभयो । नेपालीहरुलाइ स्वदेशी बजारमा किनबेच गर्ने बानि नभएको अवस्थामा रुपैया साटहीको ब्यवस्था भएमा पनि नेपालीहरुलाई सहज हुने थियो तर नेपाल राष्ट्र बैकबाट (क बर्गको) मान्यता प्राप्त राष्ट्रिय बाणिज्य बैकं शाखा दार्चुलामा त्यो व्यवस्था समेत छैन । कर्मचारीहरुले पहुँचको आधारमा मात्रै सटही गर्न थालेपछि राष्ट्रिय बाणिज्य बैकंमा रहेको सटही सेवा बन्द भएको उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिह थापाले बताउनुभयो ।
किनमेल वा उपचारका लागी भारत जादा भारु मुद्राको अभावमा नागरीकहरु ठगिन बाध्य छन् । किनबेचदेखि औषधी उपचार र रोजगारीका लागि समेत नेपालीहरु दैनिक भारतीय बजार धाउने भएकोले दैनिक हजारौँ रुपैया घाटा व्यहोर्न बाध्य छन् । एकातिर गरीवि तथा अर्कौतिर पैसा बजारमा साट्दा ४ प्रतिशत घाटा हुने गरेकोले नेपाली नागरीकहरुलाइ समस्या रहेको दार्चुला सदरमुकाम खलंगा बजारका व्यापारी गणेश बडूले बताउनुभयो ।
नेपालीहरुले ठगिनबाट जोगीनका लागी नेपाली बजारमा कारोबार गर्नुपर्ने कतिपयको सुझाब छ । तर केही उपभोग्य सामाग्री र औषधी समेत नेपालको भन्दा भारतीय बजारमा सस्तो पाइन्छ भन्ने नेपालीहरुको बुझाइका कारण भारतीय बजारमा नेपालीहरुको घुइचो लाग्ने गरेको छ । नेपालतर्फ सटही काउन्टर राख्नका लागि पहल गरेपनि सम्भव नभएको र प्रयास जारी राख्ने उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेशसिह थापाले बताउनुभयो । उहाँले भन्नुभयो, यो बिषयमा हामीले सिडियोसंग समेत उद्योग बाणिज्य महासंघमार्फत कुरा गर्न लगायौँ तर सम्भव भएको छैन तर पहल निरन्तर गरिरहनेछौँ ।
अधिकासं नेपाली व्यापार र उपचारका लागि भारतीय बजार धाउने गरेकोले व्यापार घाटा बढ्नुका साथै नेपाली मुद्राको चार प्रतिषत मूल्यसमेत अवमूल्यन भइरहेको छ । नेपाली मुद्राको अवमुल्यन रोक्नका लागि उद्योग बाणिज्य संघ र भारतीय व्यापार मण्डलबिच समझदारी आवश्यक रहेको छ । भने जनताको समस्यालाई बुझेर सीमा क्षेत्रमा सहटी काउण्टर सञ्चालनका लागि सरकारले समेत ध्यान दिनु आवश्यक रहेको छ । यसैगरि प्रदेश संग सिमा जाेडिएका अरु नाकामा समेत भारु सटहि सहज नभएकाे र कतिपय ब्यापारिले सटहि नलिएर सामानकाे मूल्य नै महङ्गाे लगाउने भएका कारण साेझा सिधा नेपाली नागरिक लाई घाटा हुने गरेकाे छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया