Samriddhipost
२०८२ फागुन ०४ गते सोमबार
ट्रेन्डिङ
२०७८ मङि्सर २३ गते बिहिबार

अर्थ मन्त्रालयका अधिकृतले जाेडे हैसियत भन्दा बढि सम्पत्ति


अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । जागिरे जीवनको अवधिमा हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
थपलिया अर्थ मन्त्रालयल मातहतका विभिन्न निकायमा रहँदा २ करोड ६७ लाख ७१ हजार ९ सय अन्ठाउन्न रुपैयाँ आर्जन तथा लगानी गरेको देखिएको र उक्त रकममध्ये १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्डाउन्न रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ । 
सोही दफाअनुसार थपलियालाई १ करोड ६४ लाख ८९ हजार सातसय रूपैयाँ बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय मागदावी गरिएको छ । साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।
त्यस्तै थपलियाले गैरकानुनी ढङ्गले आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा समेत राखेको पाइएको र घरजग्गासमेत श्रीमतीको नाममा राखेको कारण जफत गर्ने प्रयोजनका लागि मुना पन्त थपलियालाई समेत प्रतिवादी बनाइएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>