Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
२०७८ मङि्सर २३ गते बिहिबार

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा


नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । मंसिर २५ र २६ गते धनगढीमा हुने सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनका लागि आवश्यक तयारी तीव्र बनाइएको सो पार्टीले जनाएको छ ।

विभिन्न विभागीय समिति बनाएर सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्ने योजना बनाइएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष शरदसिंह भण्डारीले रातोपाटीलाई जानकारी दिए ।

७ वटै प्रदेशमा एकै साथ नेकपा माओवादी केन्द्रको प्रदेश स्तरीय प्रथम सम्मेलन हुन थालेको हो । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै साथ काठमाडौंबाट उद्घाटन गर्ने उनले बताए ।

उनले प्रतिनिधिको सूची निर्वाचन समितिलाई दिएको र समितिले टुङ्गो लगाएपछि शुक्रबार मात्र फाइनल हुने बताए । करिब एक हजार एक सयको हाराहारीमा प्रतिनिधि सहभागी हुने उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सहईन्चार्ज एवं प्रचारप्रसार विभाग प्रमुख विना मगरले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताइन् । सुदूरपश्चिमको ९ वटै जिल्लाबाट सम्मेलनमा सहभागी हुन नेता तथा कार्यकर्ता धनगढी आउन थालेको उनले बताइन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>