दार्चुला - दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीको एक औपचारीक कार्यक्रमका विच विदाइ गरिएको छ । जिल्ला प्रशनसन कार्यालय दार्चुलाबाट अद्यागमन विभाग काठमाण्डौँ सरुवा भएपछि दार्चुलाबाट विदाइ गरिएको हो । कर्मचारी मिलन केन्द्र दार्चुला र सुरक्षा निकायको तर्फबाट विदाइ कार्यक्रम भइसकेको र जिल्ला प्रशासन कार्यालयले समेत विहिबार (आजै) विदाइको तयारी गरिरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सूचना प्रविधि अधिकृत मोहन भट्टले जानकारी दिनुभयो ।
मन्त्रालयबाट दार्चुला आउनुभएका सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीको एक बर्ष दुई महिना दार्चुला बसाइपछि सरुवा भएपछि विदाइ गरिएको हो । कार्यक्रममा कार्यालय प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो । दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनसिह धामीलाई दिइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ
कर्मचारी मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमर सिंह धामीको अध्यक्षतामा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमका सहभागिहरुले मायाको चिनो प्रदान गरी विदाई गरेका हुन् ।
२०७७ असोज १३ गतेदेखि दार्चुलामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनुभएका भट्टको अध्यागमन विभाग काठमाडौंमा सरुवा भएको र आज मंसिर २३ गतेका दिन विदाइ गरिएको कर्मचारी मिलन केन्द्र दार्चुलाका अध्यक्ष अमर सिंह धामीले जानकारी दिनुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया