भावना बडू ,धनगढी - आवस्यक कर्मचारी समेत नपठाएर सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई असहयोग गरेको मुख्यमन्त्री त्रिलोचन भट्टले आरोप लगाएका छन् । आज आफ्नै निवासमा सञ्चारकर्मीसंग कुरा गर्दै मुख्यमन्त्री भट्टले सो कुरा बताएका हुन् ।
बेमौसमी वर्षापछि आएको बाढी पहिरोले सिङ्गो सुदुरपश्चिम प्रदेश आक्रान्त बनेको बेला कर्मचारी अभावका कारण विनियोजन गरेको बजेट र राहत समेत कार्यान्वयन गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताए । भट्टले भने ‘हामीले मृतकका परिवारलाई राहत दिन तथा उद्धारका लागी मन्त्री परिषद्को आकस्मिक बैठकबाट बजेट विनियोजन गर्यौ तर सो बजेट कर्मचारी अभावका कारण अहिलेसम्म खर्च गर्न सकिएको छैन ।’ उनले प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा दुई महिनादेखी केन्द्र सरकारले सचिव समेत नपठाएको बताए ।
मुख्यमन्त्री भट्टले मुख्यमन्त्री कार्यालयमा समेत हाल एक जना मुख्य सचिव बाहेक प्रसाशन र कानुन सचिवकाे समेत अभाव रहेकाे र भएकाे सचिव समेत सरुवा गरि कैलाली जिल्लाकाे सिडिअाे बनाएर पठायाे तर यहाँ कर्मचारि पठाइ दिएन । प्रदेश सरकारसंग मुख्य कर्मचारीहरू मात्रै होइन सहायक तथा अन्य कर्मचारी पनि अभाव भएकाले प्रभाकारीढंगबाट काम गर्न नसकिरहेको बताए । मुख्यमन्त्री भट्टले भने ‘कर्मचारी पुर्तिका लागी विभागीय मन्त्री र नेपाल सरकारका मुख्य सचिवसँग ३/४ पटक कुरा गरेँ सुनुवाइ भएन, कर्मचारी खटनपटनको अधिकार सङ्घीय सरकारसँग छ, सङ्घीय सरकारले मुख्य कर्मचारी नपठाएर केन्द्रले हामीलाई असहयोग गरिरहेको छ ।’
केन्द्रमा मुख्यमन्त्री भट्ट रहेको दल नेकपा माओवादी केन्द्र सहभगि भएको सत्ता गठबन्ध छ तर मुख्यमन्त्री भट्टले भने केन्द्र सरकारले कर्मचारी नपठाएर असहयेग गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश सरकारले कर्मचारी अभावका कारण दैनिक रूपमा गर्नै पर्ने कामकाज समेत गर्न नसकिएको मुख्यमन्त्री भट्टले बताएका छन् ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया