Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २३ गते बिहिबार

माओवादिकाे प्रथम प्रदेश सम्मेलन ऐतिहासिक हुने : नेतृ बिना मगर ।

धनगढी - नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिले प्रदेशको प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । सम्मेलनलाई सफल पार्नका लागि विभिन्न समिति र उपसमिति गठन गरेर तयारीका कामहरु भइरहेकाे माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष शरदसिंह भण्डारीले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको बताए । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा हुने सम्मेलनमा करिब एक हजार दुई सय जना प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनले अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी नौ जना पदाधिकारी सहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ ।

बिहीबार बसेको माओवादी स्थायी समितिको बैठकले प्रदेश कमिटीहरुमा पदाधिकारीको संख्या सात जनाबाट बढाएर नौ पु¥याउने निर्णय गरेको छ । सम्मेलनमा पार्टीको आगामी कार्यदिशा, नीति, कार्यक्रमका बारेमा बहस, छलफल हुने माओवादी केन्द्रको सुदूरपश्चिम सहइन्चार्ज एवम् प्रदेश सम्मेलनको तयारीका लागि गठित प्रचारप्रसार समितिका संयोजक बिना मगरले बताइन् । कार्यदिशा, नीति, कार्यक्रमबारे प्रदेश सम्मेलनबाट प्राप्त सुझाबहरु केन्द्रमा पठाइने उनले बताइन् ।

प्रदेश कमिटीमा महिला, युवा, दलित, जनजातीको उल्लेख्य सहभागिता अनिवार्य गरिएकाले यो सम्मेलन निकै महत्वपूर्ण रहेको सहइन्चार्ज मगरले बताइन् । ‘३५ प्रतिशत महिला सहभागिताको व्यवस्था छ । दलित, युवा, जनजात आदि समूहको उल्लेख्य सहभागिता सुनिश्चित गरिएकाले पनि सम्मेलन निकै महत्वपूर्ण रहने छ ।’ उनले भनिन् ।

सुदूरपश्चिमको ९ वटै जिल्लाबाट सम्मेलनमा सहभागी हुन नेता तथा कार्यकर्ता धनगढी आउन थालेका माओवादीले जनाएको छ । देशका सात वटै प्रदेशमा एकै साथ नेकपा माओवादी केन्द्रको प्रदेशस्तरीय प्रथम सम्मेलन हुन थालेको हो । सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै साथ काठमाडौंबाट भर्चुल माध्यमबाट उद्घाटन गर्नेछन् ।

माओवादीले देशैभरि वडा र पालिका सम्मेलन सम्पन्न गरिसकेको छ । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>