Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २३ गते बिहिबार

लघुबित्तबाट ऋण लिएर बिहे गरेको तीन दिनमै बेहुली अर्कैसँग, बेहुला तनावमा

दार्चुला । धुमधाम उत्सवका साथ भित्र्याइएकी एक दुलही बिवाह भएको तेस्रो दिनमै फरार भएकी छन् । दशरथचन्द नगरपालिका–५ नौहाँटका दिपकप्रशाद भट्टले दोगडाकेदार–१ रीमबाट बाजा ठोकेर घर भित्र्याएकी जयन्ती जोशी बिहेकै तेस्रो दिनमा सम्पर्क बिहीन भएकी हुन् ।

सुहाग रात मनाउन नपाउँदै दुलही गायब भएपछि दुलाहा हैरान भएका छन् । उनले फरार भएकी दुलहीको खोजीकार्य गरिदिन भन्दै प्रहरीमा निवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले फरार दुलहीको खोजतलास गर्न जिल्लाका सबै प्रहरी चौकीहरुलाई निर्देशन दिएको छ । दिपक र जयन्तीबीच गत असोजदेखि फोनमा सम्पर्क हुन थालेको थियो । दुबै जनाबीच लामो कुराकानी हुने गरेको र बिहे अघि सम्बन्ध सुमधुर रहेको दुलाहा दिपकले बताउनुभयो। ‘फोनमा दैनिक सय रुपैयाको रिचार्ज खर्चेर गफगाफ चल्थ्यो’ दुलही हराएर हैरान भएको अवस्थामा बैतडी सदरमुकाममा फेला परेको उहाँले भन्नुभयो ।

फोनमा कुरो गर्दै जाँदा सम्बन्ध झाङ्गिदै गएपछि मंसिर १ गते दिपक दुलही हेर्न गएका थिए । कुरो राम्रै किसिमले अगाडि बढेपछि मंसिर १२ गते बिहे सम्पन्न भयो । ‘१३ गते दुलही भित्र्याएर घरमा सत्यनारायणको कथा लगायौं, १४ गते बटुले जातोमै अल्मलियौं’ दिपकले भने १५ गते त दुलही घर छोडेर गइहाली ।’

त्यसपछि दुलही सम्पर्क बिहीन भएको उहाँले दुःखेसो पोखे । केटीको अर्कै केटासँग सम्बन्ध रहेको र घरबाट त्यसलाई नदिने विचार रहेकाले आफूलाई फसाएको दिपकले बताएकाछन । केटी र माइती सबै मिलेर आफुलाई फसाएकाले बिहेमा खर्च भएको साढे ७ लाख रुपैया असुल गर्ने सुरमा आफू लागेको उहाँको भनाई छ ।

३ लाख ग्रामिण विकास लघुबित्तबाट ऋण लिएको र बाँकी आफन्तसँग ब्याजमा पैसा निकालेर बिहेमा ७ देखि साढे ७ लाख खर्च भएको दिपकले बताए । ‘ऋणै ऋण लिएर यत्रो खर्च गरियो’ तीन तोला सुन, ५० हजार नगद र ४ आनाको औंठी समेत लिएर दुलही चाहिँ फरार भइँ उनले भने ।

बिहे गरेर ल्याएको पहिलो र दोस्रो राती समेत राम्ररी दुलहीसँग बिताउन नपाएको दिपकको पिडा छ । ‘बिहेको राती पनि धक्कामुक्का गरेर मलाई हिर्काइ’ दिपक भन्छन्– ‘दुई राती अलिअलीसँगै हुँदा समेत मलाई वास्तै गरिन, अर्कै केटासँग फोनमा गफ गरेर बसी ।’

बेहुली हराएपछि एक चोटी फोनमा सम्पर्क भएको र ‘तिम्रो चुरा समेत लगाएकी छैन, त्यही फालेर गएकी छु’ भनेको उहाँले सुनाए । चुरा फालेर गएपनि गहना भने लिएर गएको दिपकको दुखेसो छ । १५ गते माइत गएपछि त्यहाँबाट गोकुले जान्छु भनेर गएकी दुलही सम्पर्कबिहीन भएको माइती पक्षले बताएका छन् ।

सम्पर्क बिहीन भएकी दुलही गोकुलेश्वर क्याम्पस स्नातक तेस्रो बर्षमा अध्ययनरत हुन भने दुलाहा भट्ट स्थानीय विद्यालयमा कार्यालय सहायक पदमा कार्यरत छन् । हराएकी दुलहीको मोबाईलमा सम्पर्क गर्दा बन्द रहेको छ । प्रहरीले उहाँको खोजिकार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खड्काले बताउनुभयो । -सीमारेखाबाट

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>