Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २४ गते शुक्रबार

सिसा कार्यक्रम लागू  ३४ हजार किसान लाभान्वित हुने

महेन्द्रनगर -  कैलाली र कञ्चनपुर लगायत सात जिल्लामा ३४ हजार किसान लाभान्वित हुने गरी ‘सिसा’ परियोजनाले नयाँ कार्यक्रम सुरु गरेको छ ।
२ वर्षसम्म सञ्चालन हुने परियोजनाले कैलाली, कञ्चनपुर बर्दिया, बाँके, सुर्खेत दाङ र कपिलवस्तुमा ३४ हजार बढी किसान र लघु, साना तथा मझौला उद्योगीहरूलाई सहज हुने अपेक्षा गरिएको छ ।
बिहीबार कञ्चनपुरमा आयोजना गरिएको कार्यक्रममा परियोजनाको प्रभावकारिता बारे जानकारी गराइएको थियो । कैलाली कञ्चनपुर लगायतका जिल्लाहरू कृषि भूमिको रूपमा परिचित छ ।

किसान र साना तथा मझौला उद्योगीहरूलाई थुप्रै समस्या रहेको भन्दै उनीहरूको सहजताको लागि नयाँ परियोजना लागू गरिएको खड्गजंग गुरुङले बताए ।‘यी क्षेत्रका कृषिको ठुलो सम्भावना छ’ उनले भने, ‘सम्भावना भित्र समस्या पनि उस्तै छ हामी ती समस्या हल गर्ने प्रयास गिर्ने छौँ ।’
किसानले उत्पादन गरेको वस्तुले बजार नपाउने गरेको गुनासो पनि व्याप्त रहेकाले उत्पादनलाई भण्डारण गर्ने र ती उत्पादनबाट अन्य वस्तु तयार गर्न समेत मद्दत गर्ने योजना रहेको उनले बताए ।
उनले भने – कोरोनाका कारण धेरै किसानका उत्पादन खेतमै खेरका गएका थिए । अब त्यस्तो नहोस् भन्नका लागि हामीले त्यसलाई अन्य ढङ्गबाट पनि प्रयोग गर्ने प्रविधिबारे पनि जानकारी गराउने छौँ ।
किसानहरूलाई लघु, साना तथा मझौला उद्योग सञ्चालन गर्न आवश्यक पर्ने कर्जाका लागि बैङ्कहरूसँग समन्वय गर्ने काम पनि परियोजनाले गर्नेछ ।
किसानको उत्पादनलाई बजारीकरण गर्न मात्र नभई किसानलाई आवश्यक पर्ने उपकरण तथा अन्य मल, खाद र बिउँ बिजनको लागि पनि सहजता सृजना गर्ने योजना रहेको सिसा परियोजनाका क्षेत्रीय प्रमुख लोकेन्द्र खड्काले जानकारी दिए ।
‘किसानको उत्पादन बढाउन उनीहरूले समयमै बिउ बिजन तथा मल खाद पाउन आवश्यक छ । त्यसको लागि यहाँ रहेका एग्रोभेटहरुलाई बैङ्क प्रक्रियामा सहजता सृजना गर्ने पनि हाम्रो नीति रहेको छ’, उनले भने ।
नयाँ परियोजनाले कोरोनाबाट प्रभावित भएका किसान महिला तथा विपन्न वर्गमा नागरिकहरूलाई प्राथमिकता दिने जनाएको छ । सात जिल्लामा ७५० लघु तथा साना तथा मझौला उद्योगहरूलाई सहयोग गर्ने लक्ष्य रहेको उनले बताए ।
‘हामीले पुजी, प्राविधिक ज्ञान, सिप र बजारीकरणको व्यवस्थापनमा समन्वय गर्छौ’, उनले भने ‘बिना धितो सहुलियत पूर्ण कर्जा उपलब्ध गराउन पनि पहल भइरहेको छ ।’
उनका अनुसार कृषिमा आधारित व्यवसाय सञ्चालन गर्न १० देखी १५ लाख सम्मको लागि बिना धितो सहुलियत पूर्ण कर्जा उपलब्ध गराउन परियोजनाले मद्दत गर्ने छ ।
कार्यक्रममा सहभागी किसान र कृषिसँग सम्बन्धित व्यक्तिहरूले सिसिका यस अघिका कार्यक्रमहरूबाट लाभान्वित भएको भन्दै नयाँ कार्यक्रम पनि प्रभावकारी बन्नेमा विश्वास व्यक्त गरेका थिए । सहभागीहरूले उठाएका विषयहरूमा अष्ट प्रजापति र खड्गजंग गुरुङले प्रस्ट पारेका थिए ।

यस अघि धनगढीमा पनि बुधवार सरोकारवाला निकायसँग नयाँ कार्यक्रमको बारेमा अन्तरक्रिया आयोजना गरिएको थियो । धनगढीको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव मदनसिंह धामी समेत उपस्थित भएका थिए ।
उनले नयाँ कार्यक्रमलाई शुभकामना पनि दिए । सचिव धामीले सिसा परियोजनाले किसानका थुप्रै समस्या समाधानमा पहल गरेको भन्दै प्रशंसा गरेका थिए ।
कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्र शर्मा र कृषि विकास निर्देशनालयका प्रमुख यज्ञराज जोशीेले पनि नयाँ कार्यक्रम प्रति शुभकामना दिएका थिए। उनीहरुले सिसा परियोजनाले कृषिमा प्रबिधि भित्राएको समेत बताए।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>