Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २४ गते शुक्रबार

माओवादिकाे प्रथम सुदुरपश्चिम प्रदेश सम्मेलनकाे तयारि पूरा ।

धनगढी - नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । आज धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्याधुनिक प्रविधिको माध्यमबाट उद्‍घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज भट्टले जानकारी दिए ।
उनले सम्मेलनका लागि मञ्च व्यवस्थापन,ब्यानर, स्टिकर, पम्प्लेट होटल व्यवस्थापनजस्ता सबै आवश्यक तयारी पुरा भएको बताए ।  उनले बन्द सर्तबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई पूर्णता दिने बताए । महिला ३५ प्रतिशत, युवा २० प्रतिशत दलित १५ प्रतिशत सहितको समावेशी कमिटी निर्माण गरेर सम्मेलन सम्पन्न हुने उनको भनाई छ ।

एकता, सदभाव, विश्वसनीयतालाई उचाइमा पुर्याई राजनीतिक, संवैधानिक संगठनिक जीवन सुधार बनाउँदै जनताको मनोभावना बुझ्ने पार्टी बनाउन सम्मेलन हुन थालेको उनले बताए । पार्टीले सुदूरपश्चिमका बाढी पीडित, सुकुम्बासी, आरक्ष पीडितका समस्या समाधानका लागि डटेर लागि रहने उनले बताए । माओवादी केन्द्र सँधै जनताको दुःख सुखमा साथ दिएर अघि बढिरहने र यहि सन्देश दिनका लागि पनि सम्मेलन हुन थालेको उनले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>