नयाँ दिल्लि - भारतकाे पश्चिम बंगालको हावडामा एक बेहुलाले सुहागरात मनाए लगत्तै आत्माहत्या गरेका छन्। बेहुली मात्र होइन उनका सबै परिवार अहिले तनावमा छन् । घटना लगत्तै पुगेको प्रहरीले शव कब्जामा लिएर छानविन अघि बढाएको छ ।
घटनाको कारण खुल्न नसकेको भारतीय प्रहरीले बताएको छ । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र आत्माहत्या गर्नुको कारण खुल्न सक्ने बताएको छ । प्रहरीले परिवारका सदस्यहरुसँग समेत सोधपुछ गरेको छ ।
डिसेम्बर ७ मा शालिमार बस्दै आएका आदर्श सावले बैकपुरकी एक युवतीसँग धूमधाम विवाह गरेका थिए । उनीहरुको विहेमा एक सय पचास जना जन्ती थिए । डिसेम्बर ८ मा बेहुला ससुराल गए । सुसुरालमा बहुभतेरको तयारी भइरहेको थियो । तर बेहुलाले सुसुरालमा झुण्डिएरआत्माहत्या गरे । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया