दार्चुला - दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा रहेको सरस्वती आधारभुत विद्यालय मरखोली तीन तारे विद्यालय घोषणा गरिएको छ । आबि मरखोलालाई शुक्रबार एक औपचारिक कार्यक्रमका बिच गाउँपालिकाकै पहिलो तीन तारे विद्यालय घोषणा गरिएको अपिहिमाल गाउँपालिकाका निमित्त शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मदनराज जोशीले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडकसिंह रोकायाको अध्यक्षता एबं अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द सिंह मन्यालको प्रमुख आतिथ्यतामा तीन तारे विद्यालय घोषणा गरिएको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा अपिहिमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण सिंह धामी र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाका प्राविधिक विज्ञ बासुदेव पाण्डेको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रमका सहभागिहरुले तीन तारे विद्यालय घोषणा भएकोमा सरस्वती आधारभुत विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । विभिन्न १० वटा सूचकहरु पुरा गरेपछि विद्यालयलाई तीन तारे घोषणा गरिएको ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया