Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २५ गते शनिबार

काग्रेस महाधिवेशन खानाकाे ब्यावस्था छ ।

महेन्द्रनगर - नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशमा उपस्थित प्रतिनिधिहरुलाई चार दिनसम्म खानाको व्यवस्था गरेको छ । शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा सुरु भएको राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरुलाई काँग्रेसले खानाको व्यवस्था गरेको हो ।

काँग्रेसले प्रतिनिधिहरुलाई खाना खुवाउनका लागि अनुपम फुडल्याण्ड र दियालो फडल्याण्डसँग दुई करोड २५ लाख रुपियाँमा सम्झौता गरेको छ । महाधिवेशनको प्रत्येक दिन अर्थात् चार दिनसम्म फरक–फरक स्वादका खाना खुवाउने काँग्रेसले सम्झौता गरेको छ ।


प्रतिनिधिलाई प्रत्येक लिन खसीको मासु र माछा अनिवार्य गरिएको छ भने बेलुकाको खानामा भने कुखुराको मासु र माछाको परिकार व्यवस्था गरिएको दियालो फुडल्याण्डका प्रतिनिधि खुबराज खरालले जानकारी दिनुभयो । उहाँले शुक्रबार बेलुकादेखि चार दिनसम्म खानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

आज बेलुकाको लागि पाँच हजार, शनिबार बिहानको नास्ताक लागि ४५ सय, दिउँसोको खानाका लागि छ हजार जना र बेलुकाको खाना चार हजारका लागि अर्डर गरिएको उहाँले बताउनुभयो । आज बेलुकाको लागि मटन करी र चिकेन रोष्टसहित मिक्स्ड तरकारी, साग, दाल फ्राइ, सलाद अचारको व्यवस्था गरिएको छ ।

त्यस्तै शनिबार बिहान अनुपम फुडल्याण्डले खानाको व्यवस्था गर्ने उहाँले बताउनुभयो । शनिबार बिहान खाजाका लागि उसिनेको अण्ड, चना, जाम पाउरोटी र चिया कफिको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>