महेन्द्रनगर - कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारी सबै वडाहरूमा जनचेतनामूलक कार्यक्रम गरेको छ । “घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ यही मङ्सिर ९ गतेदेखि विविध कार्यक्रम गरी मनाइएको अभियान शुक्रबार औपचारिक रूपमा समापन गरिएको बेलडाँडी गाउँपालिका महिला तथा बालबालिका शाखाका संयोजक शारदा कुमारी पनेरुले बताउनु भयो ।
यस अघि मङ्सिर ७ गतेका दिन लैङ्गिक मूल प्रवाहीकरण गाउँपालिका स्तरीय समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार पाँच वटै वडाहरूमा जनचेतनामूलक कार्यक्रम गरिएको बताइएको छ । वडा नम्बर १ मा सरस्वती माध्यमिक विद्यालय तथा महिला समूहमा, वडा नम्बर २ मा रौलेश्वर माध्यमिक विद्यालयमा, वडा नम्बर ३ मा सिद्धनाथ माध्यमिक विद्यालयको प्राङ्गणमा, वडा नम्बर ४ मा सरस्वती माध्यमिक विद्यालयमा र वडा नम्बर ५ मा बैजनाथ माध्यमिक विद्यालय झिलमिलामा वडा स्तरीय कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम र आत्मरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।
त्यस्तै, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १६औँ दिन मङ्सिर २४ गते शुक्रबारका दिन बेलडाँडी गाउँपालिकाको सभाहलमा औपचारिक समापन गरिएको छ । बेलडाँडी गाउँपालिकाका प्रवक्ता अम्मर बहादुर खत्रीको अध्यक्षतामा आयोजित समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला समितिका सदस्य तथा स्थानीय संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक दिनेश खड्काले गर्नुभएको थियो । इलाका प्रहरी कार्यालय बेलडाँडीले यस अवधिमा कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण समेत दिएको बेलडाँडी गाउँपालिका महिला तथा बालबालिका शाखाका संयोजक शारदा कुमारी पनेरुले जानकारी दिनुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया