Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २५ गते शनिबार

काग्रेश सभापतिका पाँच उमेदवार






नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि सोमबार हुन लागेको निर्वाचनमा ५ जनाको उम्मेदवारी पर्ने देखिएको छ । त्यसमध्ये नेता कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् भने अन्य उम्मेदवारले पनि निर्वाचन समितिले तोकेको समयभित्र दर्ता गराउनका लागि तयारी गरिरहेका छन् । 
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि सभापतिका उम्मेदवारको संख्या पनि बढ्ने देखिएको हो । सभापतिमा यो समाचार तयार पर्दासम्म शेरबहादुर देउवासहित प्रकाशमान सिंह, विमलेन्द्र निधि र शेखर कोइरालाले उम्मेदवारी दर्ता गराउने बताएका छन् ।  सिंह र कोइराला पौडेल पक्षका भएपनि सहमति हुन नसकेपछि दुबै जनाले उम्मेदवारी दर्ता गर्न लागेका हुन् । 
प्रकाशमान सिंह उम्मेदवारी दर्ताअघि आफ्नो सम्पर्क कार्यालयमा निकटस्थहरुसँग छलफलमा व्यस्त छन् भने उनको टीमबाट सुजाता कोइराला उम्मेदवार बन्ने निश्चित भएको छ । अन्य उम्मेदवारबारे छलफल भइरहेको बताइएको छ । 
यता शेखरले बालुवाटारस्थित आफ्नो कार्यालयमा निकटस्थसँग छलफल गरिराखेका छन् भने देउवाले पनि प्यानल तयार गर्नका लागि छलफललाई जारी राखेका छन् । देउवालाई कृष्ण प्रसाद सिटौला समूहले पनि समर्थन गर्ने बताइएको छ । 
सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले पनि आज दिउँसो उम्मेदवारी दर्ता गराउने बताए । उनले उम्मेदवारी दर्ताअघि आफ्नो टीमबाट चुनाव लड्ने उम्मेदवारबारे छलफल गर्दैछन् । आफ्नो टीमबाट सहमति हुन नसकेपछि रामचन्द्र पौडेलले भने अब उम्मेदवार नबन्ने बताएका छन् । यस्तै महामन्त्री शशांक कोइरालापनि उम्मेदवारको रेशबाट ब्याक भएका छन् । 
काँग्रेसको चुनावका लागि आज साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>