Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
२०७८ मङि्सर २५ गते शनिबार

काग्रेस केन्द्रीय सदस्यमा बडूकाे उमेदबारि ।

दार्चुला - नेपाली कांग्रेशको १४ औँ महाधिवेसन अन्तरगत भृकुटिमण्डपमा शनिबार बिहान १० बजेदेखि उम्मेदवारको मनोनय दर्ता सुरु भएको छ । नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री समेत रहनुभएका नेता दिलेन्द्रप्रसाद बडूले खुल्ला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

रामचन्द्र पौडेल समुहबाट मन्त्री बडूले सहमहामन्त्रीमा उम्मेदवारी दिने प्रयास गरेपनि पदाधिकारीका आकाक्षिं बढी भएपछि सदस्यमै सिमित हुनुभएको हो । पदाधिकारीमा सहमति नजुटेको र जित्ने सम्भावना समेत कम देखिएपछि मन्त्री बडूले केन्द्रीय सदस्यमै उम्मेदवारी दिने निर्णयमा पुगेको उहाँ निकट एक नेताले जानकारी दिनुभयो । १३ औँ महाधिवेसनबाट समेत केन्द्रीय सदस्य बन्नुभएका मन्त्री बडूले पदाधिकारीमा सम्भव नभएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेसंगै उहाँ निकट नेताहरुले प्रचारप्रसार सुरु गरेका छन् । यसअघि पटकपटक राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका कानुन मन्त्री बडू २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य चयन हुनुभएको थियो । कानुन मन्त्री बडू यसअघि २०४८ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि पहिलो पटक आवास तथा भौतिक योजना सहायक मन्त्रि बन्नु भएको थियो । २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री बन्नुभएका मन्त्री बडू २०६२/६३ सालको जनआन्दोलन पश्चात गठन भएको सरकारको सूचना तथा संचार राज्यमन्त्री बन्नु भएको थियो ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा जन्मिनुभएका बडूको जन्म २००९ सालमा भएको बताइएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा दार्चुलाबाट केन्द्रीय सदस्यमा चार जना नेताहरुले दाबि गरेका छन् । मन्त्री बडूले काठमाण्डौँको अनामनगर हनुमानस्थानमा सम्पर्क कार्यालय स्थापना गरेर केही दिनयता महाधिवेसन लक्षित भेटघाट तथा छलफल चलाउनुभएको थियो ।

मन्त्री बडूबाहेक दार्चुलाबाट गणेशराज भट्ट, बाशुदेब सिह ऐतवाल र गोबर्धन कोलीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । कोलीले दलित कोटातर्फ, ऐतवालले अपांग कोटातर्फ र भट्टले खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताइएको छ । भट्ट संस्थापन निकट देखिनुभएको छ भने बडू संस्थापन इतर पक्षमा रहनुभएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>